Logo

बिहिवार, श्रावण १४ गते २०८३

आइसिसी विश्वकप छनोटको प्लेअफ अन्तर्गत नेपालले आयरल्यान्डलाई २ सय ६९ रनको प्रतिस्पर्धात्मक लक्ष्य दियाे

आइसिसी विश्वकप छनोटको प्लेअफ अन्तर्गत नेपालले आयरल्यान्डलाई २ सय ६९ रनको प्रतिस्पर्धात्मक लक्ष्य दियाे

जोईन खबर

१९, आषाढ २०८०
  • 724
    SHARES
  • आइसिसी विश्वकप छनोटको प्लेअफ अन्तर्गत नेपालले आयरल्यान्डलाई २ सय ६९ रनको प्रतिस्पर्धात्मक लक्ष्य दियाे

    १९ असार काठमाडाै । आइसिसी विश्वकप छनोटको प्लेअफ अन्तर्गत  नेपालले सातौं स्थानको लागि आयरल्यान्डलाई सन्दीप लामिछाने र गुलशन झाको उत्कृष्ट ब्याटिङमा   २ सय ६९ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।  

    images

    सन्दीप लामिछाने ३० बलमा ३ चौका र १ छक्कासहित ३२ रनमा क्याच आउट भए । आठौं विकेटका सन्दीप र गुलशन झाले ८० रनको कीर्तिमानी साझेदारी गरे ।

    नेपाललाई ओपनर कुशल भुर्तेल र अर्जुन साउदले पहिलो विकेटका लागि ८।१ ओभरमा २७ रन बनाउँदै मध्यम सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर क्रेग योंगको बलमा कुशल भुर्तेल ८ रनमा समातिन पुगे । कुशलले १९ बलमा २ चौका प्रहार गरे । ज्ञानेन्द्र मल्ल १३ बलमा १ चौकासहित ७ रनमा आउट भए । 

    स्पिनर ग्यारेथ डेलानीको २६ औं ओभरको अन्तिम बलमा अर्जुन एलबीडब्लू आउट भएपछि अर्धशतकबाट चुकेका हुन् । अर्जुनले ८४ बलमा ३ चौका र २ छक्कासहित ४८ रन बनाए ।  कप्तान रोहित पौडेलसँग ५० रनको साझेदारी गरेका थिए ।

    रोहित कर्टिस क्याम्फरको बलमा एज लागेर विकेटकिपर लोर्कान टकरबाट सहज क्याच आउट भए । रोहितले ३५ बलमा २ चौका र १ छक्कासहित २९ रन बनाए । कुशल मल्ल ३८ बलमा ५ चौका र २ छक्कासहित ४४ रनमा क्याच आउट भए । 

    म्याकार्थीकै बलमा भीम सार्की २० रनमा समातिन पुगे । युएईलाई हराउन उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्र आयरल्यान्डविरुद्ध भने खाता खोल्न नसकी आउट भए । दीपेन्द्र स्पिनर एन्डी म्याकर्बीको बल रिड गर्न नसक्दा दीपेन्द्र एलबीडब्लू आउटको शिकार बनेका थिए । करण केसी ४ रनमा आउट भए ।

    आयरल्यान्डका ब्यारी म्याकार्थीले १० ओभरमा १ मेडनसहित ६३ रन खर्चेर २ विकेट लिए । मार्क आदिरले ९ ओभरमा १ मेडनसहित ४७ रन खर्चेर २ विकेट लिए । क्रेग योंगले ७ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । कर्टिस क्याम्फर, ग्यारेथ डेलानी र एन्डी म्याकबर्नीले समान एक विकेट लिए ।

    प्रकाशित मिति :आषाढ १९, २०८० मंगलवार - १७:२७:०१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको