२६ असार काठमाडाै । गाेरखाकी सुष्मा तामाङले माल्टामा आकर्षक रोजगारीमा पठाई आश देखाउदै ५ लाख ८५ हजार रुपैयाँ उठाएर सम्पर्कविहीन भएकी पालुङटारकी एक महिला पक्राउ परेकी छिन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखाको पालुङटारकी २९ वर्षीया सुष्मा तामाङलाई पक्राउ गरेको हो ।प्रहरीका अनुसार सुष्मासहितका व्यक्तिले पीडितलाई मासिक एक लाख रुपैयाँ कमाई हुने प्रलोभन र माल्टा जना छिटाे हुने भनि ठगी गरेकी हुन् ।