Logo

बुधवार, कार्तिक १२ गते २०८३

दक्षिण कोरियामा भारी वर्षा र बाढीका कारण ३३ जनाको मृत्यु

दक्षिण कोरियामा भारी वर्षा र बाढीका कारण ३३ जनाको मृत्यु

जोईन खबर

३१, आषाढ २०८०
  • 670
    SHARES
  • दक्षिण  कोरियामा भारी वर्षा र बाढीका कारण ३३ जनाको मृत्यु

    ३१ असार काठमाडाै ।। दक्षिण कोरियामा भारी वर्षा र बाढीका कारण ३३ जनाको मृत्यु भएको छ भने अन्य १० जना बेपत्ता भएका छन् ।उत्तरी ग्याङसङ प्रान्त र मध्य चुङचेङ प्रान्तमा उनीहरूको मृत्यु भएको हो ।पछिल्ला दिनमा लगातार परेको वर्षाले देशभरका अधिकांश भूभाग डुबानमा परेका छन्  ५०० मिलिमिटरभन्दा बढी वर्षा भएको अभिलेख गरिएका प्रदेशहरूमा भारी वर्षाको चेतावनी जारी गरिएको थियो ।उत्तरी ग्योङसाङ प्रान्तमा दश जना बेपत्ता छन् ।

    images

    बाढी, घर भत्किँदा र पहिरोमा परेर मुलुकभर ज्यान गुमाउनेको सङ्ख्या बढेको छ । मध्य शहर ओसोङमा बाढीले बगाएको भूमिगत सुरुङमा फसेका सवारीसाधनबाट गत राति सात वटा शव निकालिएको थियो ।अविरल वर्षाबाट प्रभावित १३ वटा शहरका सात हजार आठ सय६६ जनालाई विस्थापित भएका छन् । सार्वजनिक सुविधाहरूको क्षतिको सङ्ख्या एक सय ४९ पुगेको छ । 

    images
    images
    images

    ।

    प्रकाशित मिति :आषाढ ३१, २०८० आइतवार - १२:२९:३१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको