४ साउन काठमाडाै । काठमाडाै सिनामंगलस्थित खोटाङ हलेँसी ज्वेलर्स सटर अगाडी राखिएको वस्तु बम नभएको पुष्टि जनाकारी भएकाे छ । सुन पसलमा अगाडी राखिएकाे वस्तु डिस्पोजका लागि नेपाली सेनाको टोली अनुसन्धान गर्ने पुगेको थियो । डिस्पोजको क्रममा उक्त वस्तु बम नभएको खुलेको सेनाले बताएको छ ।उक्त घटनामा संलग्न आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सुन पसल नजिकैको होटलमा लुकेर बसेका रौतहटका खजाञ्ची पासवानलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ ब्यक्तिलाइ गौशाला प्रहरीमा राखिएको छ । सुन पसल सञ्चालक मने विश्वकर्माले आफूसँग पटकपटक फोन गरेर ५ लाख नदिए बम राख्छु भनेर धम्की दिएको बताएका छन् ।
उनले भने, ‘आज ९ पटक फोन गरेर ५ लाख मागेका थिए । नदिए बम राख्छु भनेर धम्की दिएका थिए । मैले पैसा दिन नमानेपछि यहाँ शङ्कास्पद वस्तु राखे । तपाईँको सहयोगले हाम्रो देश र जनताहरूलाई ठूलो प्रगति हुनेछ भन्ने हाम्रो आश हो । यहाँ आरडीएक्स बारुदको बम राखिएको छ । सावधान रहनुहोला । ५ वर्षअघिबाट पसल सञ्चालन गर्दै आएका विश्वकर्मासँग यसअघि गत वर्षपनि २ जना पसलमा नै आएर पैसा मागेको खुलेको छ । पसल सञ्चालक विश्वकर्माले प्रहरीलाई खबर गर्ने बताए पनि उनीहरू भागेका थिए ।