८ साउन काठमाडाै । गोरखाको भीमसेन थापा गाउँपालिकाले साउन ९ गते मंगलबार राष्ट्रिय विभूति भीमसेन थापाको २४९ औँ जन्म जयन्तीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ ।असार १४ गते गाउँ कार्यपालिका बैठक बसी निर्णय गराएर पालिकाभर सार्वजनिक बिदा दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिए ।
यस अवसरमा पालिकाभित्रका सरकारी कार्यालय, संघसंस्थाहरु बिदा रहने उनले बताए । बिदाकाे दिन वडा न ८ मा रहेएकाे चण्डीथानमा अवस्थित भीमसेन थापाको सालिकमा माल्यार्पण लगायतका कार्यक्रम पनि आयोजना गरिएको पालिकाले जनाएको छ ।वि सं १७१८ मा जन्मिएका थापाको वि सं १७८२ मा निधन भएको थियो ।
तत्कालीन राजा रणबहादुर शाहका शाही सचिव तथा सल्लाहकार भएपछि उनको उदय भएको हो । रणबहादुर शाहको हत्यापछि त्यसको बदलामा ९३ जनाको हत्या गरी भीमसेन थापाले मुख्तियारी ९प्रधानमन्त्री सरहको पद० सम्हालेका थिए ।सु