Logo

बुधवार, कार्तिक १२ गते २०८३

ईपीएस कोरियाले -फेक सूचनामा विश्वास नगर्नु , लेटरहेडकाे दुरुपयोग

ईपीएस कोरियाले -फेक सूचनामा विश्वास नगर्नु , लेटरहेडकाे दुरुपयोग

जोईन खबर

१०, श्रावण २०८०
  • 706
    SHARES
  • ईपीएस कोरियाले -फेक सूचनामा विश्वास नगर्नु , लेटरहेडकाे दुरुपयोग

    १० साउन काठमाडाै । कोरिया शाखाले पछिल्लो समय विभिन्न माध्यमबाट गलत सूचना प्रवाह भइरहेको भन्दै सचेत गराएको छ ।ईपीएस कोरिया शाखाको लेटर प्याडमा ‘तत्काल कुनै पनि कामदार कोरिया नभित्र्याउने सम्बन्धी अत्यन्त जरुरी सूचना’ भन्दै फेक सूचना सामाजिक सञ्जालमा भाइरल भएपछि ईपीएस कोरिया शाखाले गलत सूचनाप्रति सचत रहन भन्दै यो सूचना झुटो रहेको स्पष्ट पारेको हो ।

    images

    लेटरहेड दुरुपयोग गरी गलत सूचना निकाली अतिरञ्जित गर्ने, भ्रम छर्ने र सरकारी लेटरप्याड कीर्ते लगायत गैरकानुनी काम गरेका व्यक्तिलाई कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोमा समेत लेखी पठाइएको ईपीएस कोरिया शाखाले जनाएको छ । नक्कली फेसबुक खोल्ने, त्यसमा भ्रामक विषय लेखी जथाभाबी पोस्ट गर्ने र सत्यतथ्य नबुझी सेयर गर्ने प्रवृत्तिप्रति समेत कोरिया शाखाले ध्यानाकर्षण गराएको छ । 

    images
    images
    images

    madann.png

    सन् २००८ देखि रोजगारीका लागि यस प्रणालीबाट ९० हजार भन्दा बढी नेपाली नागरिक कोरियामा कामका लागि प्रवेश गरिसकेका छन् । अघिल्लो आर्थिक वर्ष २०७९-८० मा मात्र २२ हजार १९२ जना कामदार कोरिया पुगेका छन् ।ईपीएस कोरिया शाखाका अनुसार दक्षिण कोरियामा कामदार पठाउने १६ मुलुकमध्ये नेपाल उत्कृष्ट रहेको छ ।

    प्रकाशित मिति :श्रावण १०, २०८० बुधवार - १६:०६:०० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको