१० साउन काठमाडाै । आर्थिक वर्ष २०७८/७९ को तुलनामा यो ३४ प्रतिशतले न्यून हो ।भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ मा ४१ अर्ब १५ करोड रूपैयाँ बराबरको ६० लाख ३२ हजार मोबाइल सेट आयात भएको थियो। आर्थिक वर्ष २०७९/८० मा ३९ लाख ३५ हजार मोबाइल सेट आयात भएको विभागको तथ्यांकले देखाएको छ।
सो परिमाणको मोबाइल आयातको लागि २६ अर्ब ५१ करोड रूपैयाँ बाहिरिएको छ। मोबाइल वितरक संघका केन्द्रीय अध्यक्ष दिनेश चुल्याद्योका अनुसार मोबाइलको आयात घट्नुको प्रमुख दुई कारण छन्।पहिलो, व्यक्तिको क्रयशक्ति घट्न।
त्यसले गर्दा व्यक्तिको क्रयशक्ति घटेको छ। मोबाइल व्यक्तिको पहिलो प्राथमिकतामा पर्दैन,' उनले भने, 'अन्य दैनिक आवश्यकता परिपूर्ति भएपछि मात्र मोबाइल खरिद गर्ने हो। खुला सिमानाका कारण अवैधानिक फोन भित्रिएका कारण पनि भन्सारको तथ्यांकमा आयात घटेको दिनेश बताउँछन्। उनका अनुसार आर्थिक वर्ष २०७८/७९ मा धेरै फोन भित्रिएकाले पनि आर्थिक वर्ष २०७९/८० मा कम फोन आयात भएको हो।