११ साउन काठमाडाै ।गोरखाको भीमसेन थापा गाउँपालिकामा वडा नम्बर ८ स्थित बोर्लाङकाे चण्डीथानमा रहेको हवेली दरवार परिषरमा मंगलबार राष्ट्रिय विभूति भिमसेन थापाको जन्मजयन्ती मनाइएका छन्। यस गाउँपालिकामा भीमसेन थापाको २४९ औं जन्मजयन्ती मनाएको हुुन ।
भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले कार्यक्रमलाई सम्बोधन गर्दै भिमसेन स्मारक संग्रहालय र भिमसेन थापा पार्कलाई ऐतिहासिक देशकाे नमुना पर्यटकीय स्थल बनाउन अझ पहल गर्नुपर्ने र उहाँले त्यही कार्यक्रममा वडा नम्बर ८ का ५० जना जेहेन्दार बिधार्थीहरुलीई झोला र अरू सामाग्री वितरण गर्नु भएकाे थियाे ।
२४९ औं जन्मजयन्ती कार्यक्रममा उपस्थितिहरू पालिका उपाध्यक्ष अमृतादेवी वस्ती, प्रमुख प्रशासकीय अधिकृत– चित्र बहादुर अधिकारी, वडा नम्बर ७ का वडाध्यक्ष नारायण श्रेष्ठ, वडा नम्बर ८ का वडाध्यक्ष बिष्णु कुमार श्रेष्ठ लगायत अाउनु भएकाे थियाे । यसै कारण गाउँपालिकाले आज पालिका भित्र सार्वजनिक विदा दिएको छ ।
गाउँपालिकाको नामकरण नै राष्ट्रिय विभूति भीमसेन थापाको नाममा राखिएको गाउँपालिका भएकाले पनि उहाँको उच्च सम्मानमा सार्वजनिक विदा दिइएको हो ।गएको बर्ष हेवली दरवार परिषर्मा थापाको शालिक निर्माण गरिएको छ ।