Logo

बिहिवार, श्रावण १४ गते २०८३

एसियाड तयारीलाई बक्सिङ टोली भारत जाँदै

एसियाड तयारीलाई बक्सिङ टोली भारत जाँदै

जोईन खबर

११, श्रावण २०८०
  • 775
    SHARES
  • एसियाड तयारीलाई बक्सिङ टोली भारत जाँदै

    १० साउन काठमाडौं  ।चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको तयारी तथा मैत्रीपूर्ण प्रतियोगिताका लागि बक्सिङ टोली बिहीबार भारतको पञ्जाब प्रस्थान गर्दै छ । १३ खेलाडीसहित १७ सदस्यीय टोली थप तयारीका लागि भारत जान लागेको हो ।पुरुष ५१ केजीमा रविन थापा, ५७ केजीमा बुद्ध ग्याम्जो लामा, ६३.५ केजीमा भुपेन्द्र थापा, ७१ केजीमा दिपेश लामा, ८० केजीमा दीपक श्रेष्ठ, ९२ केजीमा रविन नेपाल र ९२ केजीमाथि आशिष दुवाडी रहेका छन् ।

    images

    महिलाको ५० केजीमा सुष्मा तामाङ, ५४ केजीमा मिनु गुरुङ, ५७ केजीमा चन्द्रकला थापा, ६० केजीमा संगिता सुनार, ६६ केजीमा विनिता थापा मगर र ७५ केजीमा सरस्वती राना छन् ।प्रशिक्षकमा शिव सिंह, दीपक महर्जन, प्रवीण तुलाधर र राज श्रेष्ठ तथा व्यवस्थापकमा श्यामकाजी अवाले रहेका छन् ।खेलाडीले पञ्जाब इन्स्टिच्युसन अफ स्पोर्ट्स पटियालामा जुलाई २७ देखि अगष्ट २७ तारिखसम्म प्रशिक्षणमा रहनुका साथै मैत्रीपूर्ण प्रतियोगितामा पनि सहभागी हुने नेपाल बक्सिङ संघले जनाएको छ ।

    टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।सो अवसरमा सदस्य–सचिव घिसिङले एसियाली खेलकुदको विगतको सफलतालाई वर्तमान खेलाडीले दोहो¥याउने विश्वास व्यक्त गर्दै बक्सिङलाई पदकको सम्भावना भएको खेलका रुपमा हेरिएको बताए ।
    टर्च ¥यालीमा दीपक सहभागी हुनेचीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको उद्घाटनअघि हाङझावमै हुने टर्च ¥यालीमा नेपालबाट एसियाली खेलकुदका कांस्य विजेता बक्सिङका दीपक महर्जन सहभागी हुने छन् ।

    सदस्य–सचिव टंकलाल घिसिङले वैदेशिक प्रशिक्षण र मैत्रीपूर्ण प्रतियोगिताका लागि भारत जान लागेको हाङझाव एसियाडमा सहभागी हुने बक्सिङ टोलीको बिदाइ कार्यक्रममा टर्च ¥यालीमा नेपालबाट दीपक सहभागी हुने जानकारी गराए ।
    ‘१९ औं एसियाली खेलकुद पनि चीनमा नै हुँदैछ । १६ औं एसियाली खेलकुद पनि चीनमा नै भएको थियो । १६ औं संस्करणमा नेपाललाई एक मात्र पदक दीपक महर्जनले दिलाउनु भएको थियो । सदस्य–सचिव घिसिङले भने– ‘१६ औं एसियाडको सफलताको कदर गर्दै हाङझाव एसियाडअघि हुने टर्च ¥यालीमा दीपकलाई सहभागी गराउन राष्ट्रिय खेलकुद परिषद्ले सिफारिस गरिसेको छ ।’
    टर्च ¥यालीमा एसियाडमा सहभागी हुने प्रत्येक राष्ट्रका प्रतिनिधिको उपस्थिति रहने छ । हाङझाव एसियाड असोज ६ गतेदेखि सुरु हुँदैछ । दीपक हाल हाङझाव एसियाडमा सहभागी हुने बक्सिङ टोलीका प्रशिक्षक मध्येका एक हुन् ।

    एनबीएल लिग
    अक्टेभ दरबारमार्गमाआजआयोजित एक कार्यक्रममा राष्ट्रिय बास्केटबल लिग (एनबिएल) नेपालको प्रथम संस्करण खेल्ने क्लबहरुको घोषणा भएको छ ।नेपालबास्केटबल संघ (नेबा) का अध्यक्षश्री भीमसिंह गुरुङको उपस्थितिमाराष्ट्रिय बास्केटबल लिग (एनबिएल) नेपालको प्रथम संस्करण खेल्ने टिमहरुको घोषण भएको हो ।प्रथम संस्करणमा कुल आठ टिम सहभागिहुने छन् ।सहभागि टिमहरुमा विशालमिलन केन्द्र, बुढानिलकण्ठ नगरपालिकाबास्केटबल क्लब, गोल्डेनगेट बास्केटबल क्लब, हाउन्ड्स एकेडेमि, रोयल स्पोट्स सेन्ट्रल, टाइम्स क्लब, त्रिभुवनआर्मी क्लब र कीर्तिपुर बास्केटबल क्लब रहेका छन् ।

    सम्पुर्ण सहभागिक्लबकाप्रतिनिधिलाई समेत कार्यक्रममा सम्मानगर्दै लिगमाउत्कृष्ट प्रर्दशनको लागिनेपालबास्केटबल संघ (नेबा) का अध्यक्षश्री भीमसिंह गुरुङ, कान्तिपुर टेलिभिजनकाप्रमुखकार्यकारी अधिकृत श्री शिशिर पछाई, डिजिफ्लाईका सिइओ श्री उकेश लोहनीले शुभकामना समेत दिएकाथिए ।नेपालबास्केटबल संघको स्वीकृतिमाकान्तिपुर टेलिभिजन नेटवर्क र डिजिफ्लाइ को संंयुक्त सहकार्यमालिगको आयोजनागरिएको हो । लिगका सम्पुर्ण खेलहरु कान्तिपुर टेलिभिजन एचडि, कान्तिपुर सिनेप्लेक्स र कान्तिपुर टेलिभिनजको आधिकारिक युट्युवच्यानलमाप्रशारित हुनेछन् भने मार्केटिङ समेत कान्त्पिुर टेलिभिजन नेटवर्कले गर्नछ ।

    प्रकाशित मिति :श्रावण ११, २०८० बिहिवार - १२:५७:०४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको