Logo

बुधवार, कार्तिक १२ गते २०८३

बालुवाटारस्थित एक गोदाममा छापा मार्दा, सुन गाल्ने मेसिन फेला

बालुवाटारस्थित एक गोदाममा छापा मार्दा, सुन गाल्ने मेसिन फेला

जोईन खबर

११, श्रावण २०८०
  • 655
    SHARES
  • बालुवाटारस्थित एक गोदाममा छापा मार्दा,  सुन गाल्ने  मेसिन फेला

    ११ साउन काठमाडाै । सुन तस्करीमा यस भन्दा अगाडी विमानस्थलमा  एक सय किलो  सुन बरामद भए  पछि हिजाे राजस्व अनुसन्धान विभागले सुन तस्कर गिरोहको बालुवाटारस्थित एक गोदाममा छापा मारेको छ ।

    images

    सय किलो सुन तस्करी प्रकरणमा पक्राउ गरेका चिनियाँ नागरिक जिक्वान लिनको बालुवाटारस्थित गोदाममा विभागले बुधबार साँझ छापा मारेको हो । त्यसक्रममा उक्त गोदाममा सुन गाल्ने मेसिन भेटिएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले बताए ।

    images
    images
    images

    तस्करीमा संलग्न व्यक्तिको गोदामबाटै सुन गाल्ने मेसिन भेटिएपछि यो गिरोहले ठूलो परिमाणमा सुन तस्करी गरेको आधार देखिएको छ । विभागले बुधबारै रेडी ट्रेडको सोह्रखुट्टेस्थित गोदाममा छापा मारेको थियो । त्यहाँ ‘ब्रेक सु’ लेखिएको ६६ वटा काटुन फेला परेको थियो ।हालसम्म यस प्रकरणमा १७ जना पक्राउ परिसकेका छन् । उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको विभिागले जनाएको छ ।

     

     
     

    प्रकाशित मिति :श्रावण ११, २०८० बिहिवार - १३:४६:०९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको