१२ साउन काठमाडाै । टिकटकमा केही दिन अघी एक किशोरीले आफूमाथि मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर हरि कुमार पोखरेलले बलात्कार गरेको आरोप लगाउँदै भिडियो पोष्ट गरिरहेकी थिइन्। इन्जिनियर पोखरेलको घरमा काम गर्ने ती किशोरीलाई यौन हिंसा गरेको भन्दै उनले टिकटकमा असारको अन्तिमदेखि लगातार न्यायकालागि याचना गरिरहेकी थिइन् । न्याय मागेको एक महिना भइसक्दा पनि कुनै निकायबाट सहयोग नमिलेको र उल्टै हनि ट्रयापको आरोप लगाएको भन्दै उनले हिजो मात्र पनि एक भिडियो पोष्ट गरेकी थिइन् । भिडियोमा किशोरीले आफूमाथि असुरक्षा बढ्दै गएको भन्दै घरमा काम गर्नेको मानिसको कुनै औचित्य नभएको भन्दै रोइरहेकी देखिन्छिन् । धनी र शक्तिशाली मानिसकोलागि मात्र न्याय भएको र बलात्कारीलाई पक्राउ गर्न नमिल्ने कुन कानुन हो भन्दै उनले प्रश्न पनि भिडियोमार्फत तेर्साएकी देख्न सकिन्छ ।
असार ३१ गते, एक भिडियो पोष्ट गर्दै पिडित किशोरीले एक सरकारी कर्मचारीको घरमा पार्ट टाइम काम गरेको र उनले आफूलाई बारम्बार यौन उत्पीडन गरेको शेयर गरेकी थिइन् । उनले पोखरेलले विभिन्न प्रलोभन देखाउँदै उनीमाथि बलात्कारको कोशिष गरेको भिडियो समेत पोष्ट गरेकी थिइन् । तर धम्की पाएपछि उक्त भिडियो उनले हटाइसकेकी छिन् ।यी भिडियो सामाजिक संजालमा छताछुल्ल भएसँगै पोखरेल मुटुको समस्या भएको भन्दै त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उपचारकालागि भर्ना भएका थिए । प्रहरीले उनलाई अस्पतालबाटै पक्राउ गरेको हो ।