१२ साउन काठमाडाै ।गोरखा नगरपालिका र शहिद लखन गाउँपालिका तथा सिरानचोक गाँउपालिकामा ११ दिन भित्रमा चेकजाँच गर्दा ८ जनामा संक्रमण देखिएको गोरखा अस्पताल प्रशासाले बताएकाे हाे ।गोरखा नगरपालिकामा बसोबास गर्नेहरु नागरिकमा बढी संक्रमीत देखिएकाे अस्पतालले जनाएकाे छ । गोरखा नगरपालिका वडा न ८ मा २ जना,वडा न २ मा १ जना, वडा ६ मा १ जनामा ,शहिद लखन गाउँपालिका वढा न ७ मा २ जना वडा न ४ मा १ जनामा ,सिरानचोक गाँउपालिका वढा न ८ मा १ जना संक्रमण देखिएकाे र आर्थिक बर्षको पहिलो ११ दिनमा जिल्लाको एक नगर पालिका र दुई गाउँपालिका गरी ८ जनामा संक्रमण दखिएकाे अस्पताल सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभयो ।
सबैखाइ गोरखा अस्पतालमा चेकजाँच परिक्षण गरे पछि अस्पतालले डेंगु संक्रमण जनाएको हाे । उनीहरुमा उच्च जरो देखिए पछि गोरखा अस्पतालमा परिक्षणका क्रममा संक्रमीत भएको पाईएको हो । संक्रमीत ३ जनालाई भने थप उपचारको लागि जिल्ला बाहिर पठाईएको र अन्य ५ जनाको भने गोरखा अस्पतालमा उपचार भईरहेको प्रशासाले जनाएकाे छ ।