Logo

बुधवार, कार्तिक १२ गते २०८३

यात्रुको झोला तानेर दु : ख दिने ब्यक्तीहरु पक्राउ

यात्रुको झोला तानेर दु : ख दिने ब्यक्तीहरु पक्राउ

जोईन खबर

१४, श्रावण २०८०
  • 973
    SHARES
  • यात्रुको झोला  तानेर  दु : ख दिने ब्यक्तीहरु पक्राउ

    १४ साउन काठमाडाै । राजधानी नयाँ बसपार्कमा यात्रुको झोला तानेर यात्रुलाई दुःख  दिने व्यक्तिलाई पक्राउ गरेको हाे। जिल्ला प्रहरी परिसर काठमाडौँका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) अनिल अधिकारीले विभिन्न स्थानबाट काठमाडौँ आएका यात्रुलाई जबर्जस्ती झोला तानेर दुःख दिने ट्याक्सी चालक, होटेल सञ्चालक र होटलमा कार्यरत कर्मचारीलाई पक्राउ गरिएको जानकारी दिए। हिजाे प्रहरीले शनिवार मात्र नयाँबसपार्कबाट १० जनालाई नियन्त्रणमा लिए जसमध्ये चारजना होटेल सञ्चालक रहेका छन्। ‘सुरुको समयमा सम्झाइबुझाई गरेर छाडेका छौँ, उक्त घटना दोहोरिएको खण्डमा कारबाही प्रक्रिया अगाडि बढाउँछौँ’, उनले भने। 

    images

    नेपाली होटेल व्यवसायी सङ्घका अध्यक्ष गणेश ढकालले होटेल व्यवसायी सङ्घ र नेपाल प्रहरीको संयुक्त टोलीले यात्रुलाई दुःख हैरानी दिनेलाई कारबाहीका लागि अभियान सञ्चालन गरेको बताए।  ‘यात्रुले सुरुमै आफ्नो गन्तव्यस्थल पहिचान गरी काठमाडौँ आएका हुन्छन्, उनीहरूलाई बसपार्कमा गएर जथाभावी झोला तान्ने तथा दुःख हैरानी दिने काम गर्नु हुँदैन, यात्रु पनि कुनै किसिमको प्रलोभनमा पर्नुहुँदैन’, उनको भनाइ छ।

    images
    images
    images

     

    प्रकाशित मिति :श्रावण १४, २०८० आइतवार - १०:५८:०४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको