१४ साउन काठमाडाै। गोरखाको पालुङटार नगरपालिका वडा न - १, खोप्लाङ घर भइ यता काठमाडौं तारकेश्वर नगरपालिका वडा न - ५ काठमाडौं गोलढुङ्गा बस्ने २६ वर्षीय दिनेश गिरीलाई चोरीको मोटरसाईकल सहित प्रहरीले गुम्बाबाट पक्राउ गरी प्रहरीले नियन्त्रणमा लिएको छ ।
गत वैशाख १७ गते मनमैजुबाट प्रदेश ३(०२(०१० प ७० ८० नम्बरको पल्सर मोटरसाइकल हराएको भनी धादिङका बलराम श्रेष्ठले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए । साे बाइककाे नम्बर प्लेट परिवर्तित गरी प्रदेश ३(०२(०११ प ४५ ९१ नम्बर राखेर मोटरसाइकल चलाइरहेको अवस्था गिरीलाई हिजो पीडित सहायता इकाइबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
उनलाई थप अनुसन्धान लागी कारबाहीका प्रहरी वृत्त बालाजु पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो ।आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।