१५ साउन काठमाडाै । नेपाल राष्टिय खेलकुद परिषदबाट नेपाल बक्सिङ महासंघको दोश्रो बैठकका निर्णयहरु सार्वजानिक गरी एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार दिने ।नेपाल बक्सिङ महासंघका महासचिवज्यूको संयोकत्वमा सातै प्रदेश र विभिन्न जिल्लाहरुबाट माग गरी भाद्र महिनाभित्रमा संघको क्यालेन्डर प्रकासित गर्ने र बार्षिक तालिका प्रकाशन गर्ने निर्णय गरियो । यसका लागि ५ सदस्यीय समिति गठन गर्नका लागि महासचिवज्यूलाई जिम्मेवारी दिने निर्णय गरियो ।
आगामी १९ औं एशियन गेम्समा स्वर्ण, रजत र काश्य पदक जित्ने खेलाडीहरुलाई क्रमशः दश लाख, पाँच लाख, र दुई लाख पचास हजार महासंघको तर्फबाट प्रदान गरिने निर्णय सर्वसम्मतीबाट गरियो ।नेपाल बक्सिङ महासंघको कोष बृद्धि सम्बन्धमा छलफल गर्दा महासंघका पदाधिकारीहरुबाट रु. १५००० अक्षरुपी पन्ध्र हजार र सदस्यहरुबाट रु. १०, ००० अक्षरुपी दश हजार मात्र सहयोग स्वरुप संकलन गर्ने निर्णय सर्व सम्मतीबाट निर्णय गरियो । साथै मासिक रुपमा पदाधिकारीहरुलाई मासिक ५,०००, अक्षरुप् िपाँच हजार र सदस्यहरुलाई ३,००० अक्षरुपी तीनहजार संकलन गर्ने निर्णय गरियो
अक्षय कोष स्थापना गर्ने
महासंघको बेवसाईट, खेलाडीहरुको डाटा र दीर्घकालीन योजनाहरुलाई कार्यपत्र प्रस्तुत गरी अपडेट गर्ने कार्यका लागि महासंघको केन्द्रीय सचिव पुस्करराज पन्तलाई जिम्मेवारी दिने निर्णय गरियो ।बैठक समापनपछि पोखरामा भएको नेपाल बक्सिङ महासंघको छैटौं साधारण सभा तथा निर्वाचनबाट निर्वाचित पदाधिकारीलाई प्रमाण पत्र वितरण गरिएको थियो ।