१६ साउन काठमाडाैँ । कोशी प्रदेशममा नयाँ सरकार गठनका लागि आज समयमै गठबन्धन दलले मुख्यमन्त्री दाबी पेस गर्ने भएको हाे । नयाँ सरकारमा अहिलेसम्म गठबन्धनले मुख्यमन्त्रीमा कसलाई सिफारिस गर्ने भन्ने विषयमा निर्णय गर्ने सकेकाे छैन् । नेपाली काँग्रेस कोशी प्रदेशका प्रमुख सचेतक भूपेन्द्र राईले सभामुखले राजीनामा दिएपछि बहुमतसहित सरकार गठनको दाबी प्रदेश प्रमुखसमक्ष आजै पेस गर्ने बताए । मुख्यमन्त्री कसलाई सिफारिस गर्ने भन्ने विषयमा भने अहिलेसम्म टुङ्गो नलागेको उनको भनाइ छ । ‘मुख्यमन्त्री त काँग्रेसकै हुनुपर्छ भन्ने हाम्रो दाबी छ । प्रदेशका प्रमुख सचेतक भूपेन्द्र राईका अनुसार नेपाली काँग्रेसबाट मुख्यमन्त्री बन्दा दलका नेता उद्धव थापा नै मुख्यमन्त्रीमा सिफारिस हुने पनि बताए ।
उता, कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिने भएका छन्। ‘आजै सभामुखको राजीनामा आउँछ’, माओवादी कोशी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भने, ‘आजै मुख्यमन्त्रीको दाबी गर्नेछौ।’
काङ्ग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गरेपछि सर्वोच्च अदालतले साउन ११ गते बिहीबार उनको नियुक्ति खारेज गरेको थियो। काङ्ग्रेसका २९, माओवादीका सभामुख बाहेक १२, एकीकृत समाजवादीका ४ र जसपाका १ गरी ४६ सांसद मात्रै हुने भएपछि गठबन्धनले बहुमत ४७ सांसद सङ्ख्या पुर्याउन सभामुखलाई राजीनामा दिन लगाउने भएको हो ।