१६ साउन ककठमाडाै । भारतीय आयल निगमले पेट्रोल तथा डिजेलको मूल्य बढाएर र ग्यासकाे मूल्य बढाएर नयाँ सूची पठाएको हाे । आईओसीले नेपाल आयल निगमलाई नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर ७ रुपैयाँ ८७ पैसा र डिजेल ६ रुपैयाँ ६१ पैसाले बढेर आएको छ।भने, नेपाल आयल निगमले दुई हप्ता अगाडीबाट नयाँ मूल्य सूची अनुसार पछिल्लो पटक आयल निगमले ग्याँसमा प्रति सिलिन्डर १० रुपैयाँ घटाएकोमा अब नयाँ मूल्य झनै घटेर प्रकाशित गर्नेछ ।
भारतले अन्तर्राष्ट्रिय बजारमा भएको तेलको मूल्य घटबढ अनुसार नै नयाँ मूल्य पठाउने गरेको छ । अहिले डब्ल्युटीआई कच्चा तेलको मूल्य ८१ डलर प्रति ब्यारेल र ब्रेन्ट आयलको ८५ डलर प्रति ब्यारेल पुगेको छ । कच्चा तेलको मूल्य ६९ डलर प्रति व्यारेलसम्म झरेको थियो ।पेट्रोल र डिजेलको मूल्य पनि समायोजन हुनेछ ।भारतीय आयल निगमले हरेक १५ दिनमा नयाँ मूल्य सुची पठाउने गर्दछ । नयाँ मूल्य सूची अनुसार ग्यासको मूल्य भने प्रतिसिलिण्डर करिब १ सय रुपैयाँ घटेर आएको छ ।