Logo

बुधवार, कार्तिक १२ गते २०८३

गोरखा जिल्लामा न्यायिक समितिका पदाधिकारीको भेला सम्पन्न सहित ,११ बुदेँ घोषणा पत्र जारी गर्दै

गोरखा जिल्लामा न्यायिक समितिका पदाधिकारीको भेला सम्पन्न सहित ,११ बुदेँ घोषणा पत्र जारी गर्दै

जोईन खबर

१८, श्रावण २०८०
  • 679
    SHARES
  • गोरखा जिल्लामा न्यायिक समितिका पदाधिकारीको भेला सम्पन्न  सहित  ,११ बुदेँ घोषणा पत्र जारी गर्दै

     १८ साउन काठमाडाै ।  गण्डकी प्रदेशकाे गोरखा जिल्लमा स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरुको भेला सम्पन्न   सहित ,११ बुदेँ घोषणा पत्र जारी गर्दै ।स्थानीय तहमा न्यायिक समिति मार्फत प्रभावकारी न्याय सम्पादन लागि कानुनी सहायक उपलब्ध गराउन माग गरेका छन् ।गाेरखा बजार सदरमुकाममा मंगलबार  भएको पदाधिकारीहरुको पहिलो भेलाले  समितिलाई न्याय सम्पादनमा सहजता प्रदान गर्न कम्तीमा कानुनमा स्नातक तह उर्तिण गर्ने माग गरेको छ।  यस कार्यक्रममा  जिल्ला भित्रका सवै स्थानीय तहका न्यायिक समितिको कामकारवाहीमा एक रुपता कायम गर्दैै लैजाने घोषणा पनि भेलाले गरेको गोरखा नगरपालिकाकी उपप्रमुख एवंम न्यायिक समितिकी संयोजक मसलीमाया थोकर (सपना पुन) ले जानकारी दिनुभयो ।

    images

    जिल्ला भित्रका सवै स्थानीय तहको न्यायिक समितिको लोगोमा एकरुपता कायम गर्ने, सवै पालिकाहरुमा हप्तामा एकदिन अनिवार्य इजलास वस्ने, इजलास बस्दाको पोषाकमा एकरुपता कायम गर्ने घोषणा पत्रमा उल्लेख छ । त्यस्तै जिल्ला भित्रका सवै न्यायिक समितिको लेटरप्याड, छाप र फाइलमा मात्र नभएर सूचना, निवेदन/प्रतिउत्तर दस्तुरमा समेत एकरुपता कायम गर्न बिशेष पहल गर्ने निर्णय भएको भेलापछि गरिएको घोषणा पत्रमा उल्लेख छ ।

    images
    images
    images

    न्यायिक समितिहरुलाई साँझा मञ्चको रुपमा विकास गर्दै लैजाने सहमति पनि न्यायिक समितिका पदाधिकारीहरुले भेलाले गरेको संयोजक पुनको भनाई छ । त्यस्तै जिल्ला भित्रका स्थानीय तहहरुका न्यायिक समितिका पदाधिकारीको समिक्षा बैठक प्रत्येक ६÷६ महिनामा गर्ने तथा बर्षमा एक पटक बार्षिक भेला गर्ने र बार्षिक भेलाबाट मञ्चको अध्यक्षता पालैपालो हस्तान्तरण गर्दै जाने सहमति गरी घोषणा पत्र मार्फत सार्वजनिक गरिएको छ ।

    अर्को बार्षिक भेलासम्मका लागि मन्चको अध्यक्षता गोरखा नगरपालिकाले गर्ने निर्णय पनि भेलाले गरेको संयोजक थोकरले जानकारी दिनुभयो । भेलाले आगामी समीक्षा बैठक गण्डकी गाउँपालिकाले गर्ने, अर्को बार्षिक बार्षिक भेला पालुङटार नगरपालिकाले गर्ने निर्णय गरेको छ । नेपालको संविधान २०७२ को धारा २१७ मा हरेक स्थानीय तहमा न्यायिक समिति रहने व्यवस्था रहेकाले न्यायिक अधिकारको कार्यान्व्यन प्रक्रिया, निरुपण र फैसला गर्दा अलम्बन गर्नुपर्ने प्रक्रियामा एक रुपता कायम गर्ने उद्देस्यले जिल्लामा पहिलो पटक न्यायिक समितिका पदाधिकारीको भेलाको आयोजना गरिएको हो ।गोरखा नगरपालिकाकी उपप्रमुख एवम नगरपालिका न्यायिक समितिकी संयोजक थोकरको अध्यक्षतामा भेला सम्पन्न भएको हो ।

    प्रकाशित मिति :श्रावण १८, २०८० बिहिवार - १०:३४:५४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको