१८ साउन काठमाडाै । घोराही उपमहानगरपालिका-८ का वडा अध्यक्ष बजेटको बिषयमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका जितेन्द्र शाह पुनः काममा फर्किएका हुन्। गत असार १२ गते घोराहीका मेयर नरुलाल चौधरीलाई राजीनामा पत्र बुझाएका वडा अध्यक्ष शाह एक महिना पछि पुनः काममा फर्किएका हुन् । उनले सामाजिक सञ्जालमा तस्वीर राख्दै आफू काममा फर्किएकोबारे जानकारी गराएका हुन् ।
एमालेबाट निर्वाचित शाहले आफ्नो वडामा परेको बजेटप्रति मेयरसँग असन्तुष्टि ब्यक्त गर्दै आएका थिए ।आफ्नै पार्टीबाट निर्वाचित मेयरले आफूले मागेका योजनामा बजेट नदिएको भन्दै उनले असार १२ गतेको नगरसभाका क्रममा राजीनामा बुझाएका थिए ।
मेयर चौधरीले भने वडाध्यक्ष शाहको राजीनामा स्वीकृत गरेका थिएनन् । मेयर चौधरीले उनलाई पटक पटक काममा फर्कन आग्रह गर्दै आएका थिए ।