१९ साउन काठमाडाैँ ।नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेट नखेल्ने घाेषणा गरेका छन् । पूर्वकप्तान मल्लले शुक्रबार पत्रकार सम्मेलन गर्दै आफूले सन्यास लिएकाे घाेषणा गरेका हुन् ।उनले सन् २००५ देखि उमेर समुहको क्रिकेट खेल्न सुरु गरेका थिए ।
मल्लले यू–१५ टोलीबाट क्रिकेट खेल्न थालेका थिए । उनले २००५ मा नै यू–१७, यू–१९ बाट २००६ देखि राष्ट्रिय सिनियर टिममा डेब्यु गरेका थिए । सन् २००९ मा पारस खड्का क्रिकेट टाेलीकाे कप्तान भएपछि १० वर्षसम्म ज्ञानेन्द्र उपकप्तानका भएका थिए । २०२३ मा जिम्बावेकाे हरारे मैदानमा मल्लले आईसीसी विश्वकप क्वालिफर्यसमा आयरल्यान्डसँग नेपालको जर्सीमा अन्तिम खेल खेलेका थिए।