Logo

बुधवार, कार्तिक १२ गते २०८३

गोरखाको गण्डकी गाउँपालिकामा थामपाखामा पार्क निर्माण हुदैँ

गोरखाको गण्डकी गाउँपालिकामा थामपाखामा पार्क निर्माण हुदैँ

जोईन खबर

२०, श्रावण २०८०
  • 730
    SHARES
  • गोरखाको गण्डकी गाउँपालिकामा थामपाखामा पार्क निर्माण  हुदैँ

    २० साउन काठमाडाै। गोरखाको गण्डकी गाउँपालिकामा थामपाखा पार्क निर्माणको काम तीब्र गतिमा अघि बढेको छ। वडा नम्बर ८ स्थित घ्याल्चोक थामपाखामा पर्यटन प्रबर्द्धनका लागि पार्क निमार्ण भइरहेको गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सिना (साकारले) जानकारी दिनुभयो।

    images

    पार्क निर्माण पश्चात आन्तरिक तथा बाहय पर्यटक भित्रिने अपेक्षा गरिएको उहाँले बताउनुभयो । गाउँपालिकालाई पर्यटकको प्रमुख आकर्षणको केन्द्र बनाउनका लागि गाउँपालिकाको समन्वयमा प्रदेश सरकारको ५ लाख लागतमा निमार्ण गरिएको पार्कले यस क्षेत्रमा आउने आन्तरिक तथा वाह्य पर्यटकलाई मनोरञ्जन प्रदान गर्ने अध्यक्ष तिमिल्सिनाको भनाई छ ।अहिलेसम्म पार्कको निर्माण कार्य ६० प्रतिशत सम्पन्न भएको छ।

    images
    images
    images

    पार्कको पर्खाल, मुलथान मन्दिर, शौचालय लगायत भौतिक संरचना निमार्ण गरि बृक्षरोपण भईरहेको स्थानीय भुमिप्रसाद रेग्मीले जानकारी दिनुभयो । प्रसिद्ध धार्मिकस्थल मुलथान मन्दिर सोही स्थानमा पर्ने भएकाले पनि पार्क अवलोकन गर्न आउने पर्यटकको संख्यामा वृद्धि हुने स्थानीयले उहाँको भनाइ छ । 

    प्रकाशित मिति :श्रावण २०, २०८० शनिवार - २०:०८:५६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको