Logo

बुधवार, कार्तिक १२ गते २०८३

अस्पतालमा उपचारको लागि पुगेकी गर्भवती महिलाको मृत्यु

अस्पतालमा उपचारको लागि पुगेकी गर्भवती महिलाको मृत्यु

जोईन खबर

२१, श्रावण २०८०
  • 868
    SHARES
  • अस्पतालमा उपचारको लागि पुगेकी गर्भवती महिलाको मृत्यु

     २१ साउन काठमाडाैँ। चितवानकाे भरतपुरमा रहेको मनकामना अस्पतालमा उपचारको लागि पुगेकी गर्भवती महिलाको मृत्यु भएपछि अस्पतालमा तनाव भएको छ ।तीन महिने गर्भवती ३२ वर्षीया नविना महतोको गएराति उपचारको क्रममा मृत्यु भएको थियो । बिहीबार सामान्य रक्तश्राव भएर अस्पताल गएकी नविनाको डाक्टरले उपचारमा लापरबाही गरेका कारण मृत्यु भएको आफन्तले आरोप लगाएका छन्।भरतपुर महानगरपालिका वडा नम्बर २६ घर भएकी महतोलाई गएराति १२ बजे डाक्टरले मृतक घोषणा गरेका थिए ।महतोका देवर सन्तोष चौधरीले सामान्य रक्तश्रावमा पनि अस्पतालले हेलचेक्र्याइँ गरेको कारण ज्यानै गएको आरोप लगाए । अस्पतालले उपचारमा वेवास्ता गरेको आरोपमा महतोका परिवार र आफन्तले शव नबुझी अस्पताल घेराउ गरेका छन् 

    images
     
     

    प्रकाशित मिति :श्रावण २१, २०८० आइतवार - १३:३२:५० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको