२२ साउन काठमाडाैँ ।गाेरखा पालुङटार नगरपालिका पालुङटार घरभई हाल पोखरा बस्दै आएकी ६० बर्षिया पार्बती काराखेती भने एक महिलाले होटलमा काम गर्ने युवतीलाई याैन धन्दामा लगाएको आरोपमा पोखराबाट पक्राउ परेकी कास्की प्रहरीले जनाएकाे छ। काराखेतीले होटलमा वेटरको काम दिने बहानामा १ जना युवतीलाई जबरजस्ती यौन धन्दामा लगाएको कास्की प्रहरीले आरोप लगाएको छ ।
काराखतीले ति युवतीलाइ साउन ६ गते पोखराको र्सिजना चोकमा रहेको होटलमा वेटरको काम दिने बहानामा जागिर दिएको र पछि जबरजस्ती यौनधन्दा गर्न लगाएको भनि पिडित महिलाबाट उजुरी परेपछी आरोपीत महिला काराखेतीलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी श्रवणकुमार विकले बताउनुभयो ।
आरोपित महिलालाई वडा प्रहरी कार्यालय बैदामले साउन १९ गते पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । आरोपित महिलालाई मानव बेचबिखन तथा ओसारपसार कसूर शिर्षकमा मुद्वा दर्ता गरी कास्की जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरीएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।