Logo

बुधवार, कार्तिक १२ गते २०८३

लियो क्लब अफ गोरखाले गाईजात्रा मेला आयोजना गर्ने

लियो क्लब अफ गोरखाले गाईजात्रा मेला आयोजना गर्ने

जोईन खबर

२२, श्रावण २०८०
  • 709
    SHARES
  • लियो क्लब अफ गोरखाले  गाईजात्रा मेला  आयोजना  गर्ने

    २२ साउन काठमाडाैँ । गण्डकी प्रदेशकाे गोरखा बजारमा  लियो क्लब अफ गोरखाले तेस्रो गाईजात्रा  मेला आयोजना गर्ने  भएको छ । याे भन्दा पहिला पनि दुई बर्षकाे मेला पनि लियाे क्लब अफ गाेरखाले गरेकाे थियाे। कला संस्कृती  तथा संकलीत रकमबाट शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने उद्वेश्यका साथ मेलाको आयोजना गरिएको क्लबका अध्यक्ष मोहन श्रेष्ठले बताउनुभयाे ।

    images

    क्लबले सोमबार बिहान आफ्नै भवनमा पत्रकार सम्मेलन गरेर आउदो भाद्र ९ गते शनिबारका दिन मेलाको आयोजना गर्ने  जानकारी दिएको हो । यस कार्यक्रमका लागि राष्ट्रिय स्तरका कलाकारहरुको समेत उपस्थिती हुने जानकारी गराएको छ ।गोरखा बजारको रानीपोखरी नजिकै हुन लागेको उक्त मेलाको तयारी थालनी गरिएको पनि क्लबले जानकारी दिएको छ ।

    images
    images
    images

    रु १०० देखी १ हजार दरसम्मका टिकटको ब्यवस्था  गरेकाे हाे । यस मेला बाट  संकलन  भएकाे रकम क्लबले शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गर्ने योजना बनाएको छ। लायन्स क्बल अफ गोरखाका उपाध्यक्ष तथा लियो क्बल अफ गोरखाका सल्लाहकार चन्दनबावु खत्रीले ‘लियो अक्षय कोष’ मा जम्मा हुने गरी १० हजार १०० रुपैयाँ सहयोग हस्तान्तरण गर्नभएको थियो ।

    प्रकाशित मिति :श्रावण २२, २०८० सोमवार - १४:३०:३३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको