Logo

बुधवार, कार्तिक १२ गते २०८३

बढुवाका लागि कर्मचारी संघले युवा तथा खेलकुद मन्त्री लिम्बूलाई ज्ञापनपत्र बुझाइदै

बढुवाका लागि कर्मचारी संघले युवा तथा खेलकुद मन्त्री लिम्बूलाई ज्ञापनपत्र बुझाइदै

जोईन खबर

२३, श्रावण २०८०
  • 799
    SHARES
  • बढुवाका लागि कर्मचारी संघले युवा तथा खेलकुद मन्त्री लिम्बूलाई ज्ञापनपत्र बुझाइदै

    २३ साउन काठमाडाैँ । राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले लामो समयदेखि रोकिएको कर्मचारीको बढुवाका सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई मंगलबार ज्ञापन पत्र बुझाएको छ ।

    images

    कर्मचारी संघले युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू, खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थ र राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई ज्ञापन पत्र बुझाएको हो ।कर्मचारी संघकी अध्यक्ष सरस्वती भण्डारीले मन्त्री लिम्बू, सचिव पन्थ र सदस्य–सचिव घिसिङलाई ज्ञापन पत्र बुझाएकी थिइन् ।

    images
    images
    images

    कर्मचारी संघका महासचिव कुमार बस्नेतले लामो समयदेखि रोकिएको कर्मचारीको बढुवा प्रकृया यथाशीघ्र सम्पन्न गर्नु पर्ने माग गरे ।ज्ञापन पत्र बुझ्ने क्रममा मन्त्री लिम्बू, सचिव पन्थ र सदस्य–सचिव घिसिङले बढुवा प्रकृयामा रहेका बाधा अड्चन फुकाव गरी प्रकृया अगाडि बढाउन सकारत्मक रहेको बताए ।

    प्रकाशित मिति :श्रावण २३, २०८० मंगलवार - १५:४१:४० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको