Logo

बुधवार, कार्तिक १२ गते २०८३

भारी वर्षा कारणा नदी क्षेत्रमा जलसतह बढ्ने हुँदा उच्च सतर्कता अपनाउन अनुराेध

भारी वर्षा कारणा नदी क्षेत्रमा जलसतह बढ्ने हुँदा उच्च सतर्कता अपनाउन अनुराेध

जोईन खबर

२३, श्रावण २०८०
  • 766
    SHARES
  • भारी वर्षा कारणा नदी क्षेत्रमा जलसतह बढ्ने हुँदा उच्च सतर्कता अपनाउन अनुराेध

    २३ साउन काठमाडाैँ ।काठमाडाैं उपत्यकामा पनि आज बिहानदेखिकाे वर्षा हुँदा  भारी वर्षाका कारणले सडक अवरूद्धनदी क्षेत्रमा पानीको सतह बढेको छ ।जल तथा माैसम पुर्वानुमान महाशाखाले नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय तथा हावा हुरी ,जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न समेत महाशाखाले जनाएकाे छ ।

    images

    आज सर्लाही, रौतहट,सिन्धुली, धनुषा, सिराहाको नदी तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुराेध गरेकाे छ । मंगलबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।मधेश, बागमती प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    images
    images
    images

    वाग्मती नदी खोकना, ललितपुर बाढीमापन केन्द्रमा जल सतहले खतरा तह पार गरेको र बढ्दो रहेकाले वाग्मतीको नदी तटिय क्षेत्रमा रहनेले दिउँसोसम्म उच्च सतर्कता अपनाउन समेत आग्रह गरिएकाे छ।अहिले देशभर सामान्य देखि पूर्ण बदली रही मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

     

     

    प्रकाशित मिति :श्रावण २३, २०८० मंगलवार - १६:५६:१४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको