२३ साउन काठमाडाैँ । नेकपा माओवादी केन्द्रले उपाध्यक्ष तथा पूर्वसभामूख अग्निप्रसाद सापकोटालाई केन्द्रीय समितिकाे बैठकबाट प्रचार विभाग प्रमुखकाे जिम्मेवारी तोकेको हाे ।साउन १७ देखि २१ सम्म चलेको चौथो पूर्ण बैठकले सापकोटालाई पार्टीको प्रचार विभाग प्रमुखको जिम्मेवारी तोकेको थियो।प्रमुख तोकिएपछि सापकोटाले बुधबार १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्ने भएका छन्।
प्रचार विभाग प्रमुख भएका उनले मंगलबार दिउँसो माओवादीह् कार्यकर्ता पत्रकारहरूको संगठन प्रेस सेन्टरमा आबद्ध पत्रकारहरूसँग अाज अनामागरमाअन्तर्क्रिया गरेका थिए। केन्द्रीय समितिका निर्णय तथा सरकारले गरेका समसामयिक कामहरूबारे धारणा सार्वजनिक गर्ने जानकारी दिएका छन्।
प्रमुखसँग पत्रकार’ कार्यक्रम सञ्चालन गरेका उनले राम्रो प्रतिक्रिया पाएका थिए। अाउने आगामी १६ भदौ देखि पार्टी सुदृढीकरणका लागि वडा तहसम्म सञ्चालन गरिने अभियानमा प्रेस सेन्टरका पत्रकारहरूलाई क्रियाशील भई खट्न निर्देशनसमेत दिएका छन्।पार्टीको प्रचार मोर्चालाई बलियो बनाई सरकारले गरेका राम्रो कामहरूको प्रचार गर्ने नीति लिने उनले बताएका छन्।
प्रकाशित मिति :श्रावण २३, २०८० मंगलवार -
२३:०१:३६ बजे