Logo

बिहिवार, श्रावण १४ गते २०८३

स्वर्ण विजेता नन्दा बस्यालको विमानस्थलमा पुगेर स्वागत

स्वर्ण विजेता नन्दा बस्यालको विमानस्थलमा पुगेर स्वागत

जोईन खबर

२४, श्रावण २०८०
  • 730
    SHARES
  • स्वर्ण विजेता नन्दा बस्यालको   विमानस्थलमा  पुगेर  स्वागत

    २४ साउन काठमाडाैँ । स्योङ्नाम विश्व हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेकी नन्दा बस्याललाई मंगलबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।दक्षिण कोरियामा भएको उक्त प्रतियोगितामा नन्दाले इरानका खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेकी थिइन् ।

    images

    5(1).JPG

    नन्दालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कार्यकारी समितिका सदस्य एकेन्द्र कुँवर, राखेपका पूर्व सदस्य सुवास श्रेष्ठ, खेलकुद विकास विभागका प्रमुख मिनकुमार शर्मा, कलाकार, परिवारजन, शुभचिन्तक, विभिन्न संघ संस्थाका प्रतिनिधिलगायतले एक कार्यक्रमबीच स्वागत गरे ।सो अवसरमा राखेप कार्यकारी समितिकी सदस्य समेत रहेकी स्वर्ण विजेता नन्दाले देशलाई पदक दिलाउन पाएको गर्वको अनुभूति भएको बताइन् ।

     

    प्रकाशित मिति :श्रावण २४, २०८० बुधवार - १०:४९:४९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको