Logo

बुधवार, कार्तिक १२ गते २०८३

दक्षिण कोरियामा नेपाली तेक्वान्दोकर्मीहरूलाई सम्मानित

दक्षिण कोरियामा नेपाली तेक्वान्दोकर्मीहरूलाई सम्मानित

जोईन खबर

२४, श्रावण २०८०
  • 748
    SHARES
  • दक्षिण कोरियामा नेपाली  तेक्वान्दोकर्मीहरूलाई  सम्मानित

    २४ साउन काठमाडाैँ । नेपाली दुतावास दक्षिण कोरियाले मङ्गलबार नेपालका तीन तेक्वान्दोकर्मीलाई सम्मान गरेको छ ।  दक्षिण कोरियाका लागि नेपाली राजदुत प्रो.डा. ज्योति प्याकुरेल भण्डारीले प्रशिक्षक तथा निर्णायकहरु राजु क्षेत्री, अशोक खड्का तथा भजिन्द्रबहादुर क्षेत्रीलाई सम्मान प्रदान गर्नुभयो।

    images

    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेलाडी, प्रशिक्षक र निर्णायकको रुपमा नेपालको नाम राख्न सफल भएकोले सो कार्यका उच्च मूल्याङ्कन गर्दै यी तीन तेक्वान्दोकर्मीहरुको सम्मान गरिएको हो ।दक्षिण कोरियामा गत आइतबार सम्पन्न विश्व ¥याङ्किङ जि १ अन्तर्गतको किमुनयोङ कपमा अन्तर्राष्ट्रिय रेफ्रीद्वय राजु र अशोकले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।

    images
    images
    images

    दक्षिण कोरिया खेलकुद मन्त्रालयको संयोजन र विश्व तेक्वान्दोको आयोजना भएको सो प्रतियोगिता तेक्वान्दोका संस्थापक अध्यक्ष डा. किमुन यमको स्मृतिमा सञ्चालन भएको हो । तेक्वान्दो प्रशिक्षक भजिन्द्रबहादुर लामो समय दक्षिण कोरियामा रहेर नेपाली तेक्वान्दोको प्रवद्र्धन गरिरहनुभएको छ ।अशोक सो प्रतियोगिताका लागि दक्षिण कोरिया पुग्नुभएको हो । क्षेत्रीद्वयले भने दक्षिण कोरियालाई आप्mनो कर्मस्थल बनाउँदै आउनुभएको छ ।

    प्रकाशित मिति :श्रावण २४, २०८० बुधवार - १०:५७:०५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको