Logo

बुधवार, कार्तिक १२ गते २०८३

रास्वपाका विरुद्व प्रहरीलाई छानबिन गर्न प्रशासन कार्यालयकाे निर्देशन

रास्वपाका विरुद्व प्रहरीलाई छानबिन गर्न प्रशासन कार्यालयकाे निर्देशन

जोईन खबर

२४, श्रावण २०८०
  • 766
    SHARES
  • रास्वपाका विरुद्व  प्रहरीलाई छानबिन गर्न प्रशासन कार्यालयकाे निर्देशन

    २४ साउन काठमाडाैँ । चितवनकाे मुग्लिन-नारायणगढ सडकखण्डमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वाकीटाकी लिएका कार्यकर्ताकाे फाेटाे सामाजिक संजालमा देखिएपछि छानबिन गर्न  जिल्ला प्रशासन कार्यालय चितवन, प्रहरीलाई निर्देशन दिएको हाे  । बुधबार एक सूचना जारी गर्दै कार्यालयले सवारी साधन ट्राफिक व्यवस्थापन गर्न रास्वपाका एक कार्यकर्ताले लिएको वाकीटाकी स्विकृती प्राप्त वा दर्तावाल हो कि होइन भन्ने विषयमा छानिबन गर्न प्रहरीलाई निर्देशन दिएको बताएकाे छ ।

    images

    सामाजिक सञ्जाल मुग्लिङ बजार नामक फेसबुक पेजबाट उक्त सडकखण्डमा मंगलबार कालीखोलामा लगायतका पहिरो गएको ठाउँमा रास्वपाको चुनाव चिह्न अंकित ती व्यक्तिले लगाएको ज्याकेटमा आर.ए.टी. (र्‍यापिड एक्सन टिम) पनि लेखिएको हुँदा कार्यालयकाे ध्यानाकर्षण भएकाे जनाइएकाे छ ।

    images
    images
    images

    रास्वपा समर्थकहरुले पहिरो पन्छाएर सडक सुचारू गर्न रास्वपाका कार्यकर्ता खटिएको भनेर प्रचार गरेका थिए । चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले यस्ता कार्य गर्न कुनै दललाई स्विकृती नदिएकाे जानकारी दिएका छन् ।ठुला विपदका घटनाहरूमा राजनीतिक दल वा संगठनको परिचय विना र विपद व्यवस्थापन समितिको स्वीकृतिमा विशुद्ध स्वयंसेवीका रुपमा मात्रै खटिन सक्ने बताएको छ ।

    प्रकाशित मिति :श्रावण २४, २०८० बुधवार - १५:०९:४६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको