Logo

बुधवार, कार्तिक १२ गते २०८३

प्रमुख विभाग प्रमुख अग्नि सापकोटाले तीन महिने अभियान पार्टीका लागि अन्तिम परीक्षा

प्रमुख विभाग प्रमुख अग्नि सापकोटाले तीन महिने अभियान पार्टीका लागि अन्तिम परीक्षा

जोईन खबर

२४, श्रावण २०८०
  • 787
    SHARES
  • प्रमुख  विभाग प्रमुख अग्नि सापकोटाले  तीन महिने अभियान पार्टीका लागि अन्तिम परीक्षा

    २४ साउम काठमाडाैँ ।नेकपा माओवादी केन्द्रका केन्द्रीय उपाध्यक्ष तथा  प्रचार विभाग प्रमुख अग्नि सापकोटाले आउँदो भदौ १६ गतेदेखि शुरु हुने तीन महिने अभियान पार्टीका लागि अन्तिम परीक्षा भएको बताए ।बुधवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘प्रवक्ता-पत्रकारबीच भेटघाट’ कार्यक्रममा प्रवक्ता सापकोटाले तीन महिने अभियान पार्टीका लागि अन्तिम परीक्षा भएको बताएका हुन् ।उनले भदौ १६ गतेदेखि ‘जनतासँग माओवादी–विशेष रूपान्तरण अभियान’ शुरु हुने र त्यस दिन देशभरका छ हजार सात सय ४३ वटा वडामै एकसाथ उद्घाटन हुने बताए ।

    images

    भदौ १६ गते छ हजार सात सय ४३ वडामा एकैसाथ अभियान उद्घाटन हुन्छ । अध्यक्षले सात प्रदेशको सात वटा वडाको जिम्मा लिनुभएको छ । हामीले पनि जिम्मा लिएका छौँ । यसमा वैचारिक पुनः गठन, राजनीतिक पुनः गठन, सङ्गठनात्मक पुनः गठन र सांस्कृतिक पुनः गठनका कुरा गर्छौँ । यो हाम्रो करिब करिब अन्तिम परीक्षा जस्तै छ । मलाई विश्वास छ हामी यो परीक्षामा उत्तीर्ण हुन्छौँ । 

    images
    images
    images

     

    प्रकाशित मिति :श्रावण २४, २०८० बुधवार - १६:४७:२१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको