२५ साउन काठमाडाैँ । राष्ट्रिय सभा अन्तर्गतका दुई समितिका बैठकहरू आज बिहीबार सुरू हुदैँ छ । दिगो विकास तथा सुशासन र राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकको दिउँसो १ बजेका लागि बैठकमा संकल्प प्रस्ताव कार्ययोजना अनुगमन उपसमितिबाट पेश भएको कार्यान्वयन कार्ययोजना, समितिको आर्थिक वर्ष २०८०/८१ को कार्ययोजनाका विषयमा छलफल लागि सिंहदरवारमा बोलाइएको हो ।
नीति अनुसन्धान प्रतिष्ठानबाट गरिएको दिगो विकास तथा सुशासन समितिको निर्देशन कार्यान्वयन अवस्थाको अध्ययन प्रतिवेदनका विषयमा पनि बैठकमा छलफल हुनेछ ।राष्ट्रिय सभाकै राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक भने बिहान ११ बजेका लागि बोलाइएको छ ।प्रमुख प्रतिपक्षी एमालेले संघीय संसद्का दुवै सदन अवरोध जारी राखेका कारण आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक राखिएको छैन । बुधबारको बैठकमा पनि एमालेले त्रिभुवन विमानस्थलबाट भएको सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय छानबिन समितिको माग गर्दै संसद अवरुद्ध गरेको थियो ।