Logo

बिहिवार, श्रावण १४ गते २०८३

एनएमबी–कपअन यू १४ फुटबलको क्वाटरफाइनल समीकरण पूरा

एनएमबी–कपअन यू १४ फुटबलको क्वाटरफाइनल समीकरण पूरा

जोईन खबर

२६, श्रावण २०८०
  • 805
    SHARES
  • एनएमबी–कपअन यू १४ फुटबलको क्वाटरफाइनल समीकरण पूरा

    २६ साउन काठमाडाैँ ।बुढानिलकण्ठ नगरपालिका १० स्थित कपअन स्पोर्ट्स सेन्टर, कपनमा भइरहेकोएनएमबी–कपअन अन्तर स्कुल यू १४ फुटबल प्रतियोगिता’ को क्वाटरफाइनलसमीकरण बिहीबार पूरा भएको छ ।दोस्रो दिन सम्पन्न लिग चरणमा सफलता हासिल गर्दै आ–आफ्ना समूहमाशीर्षस्थानमा रहेर जोसेफ हाईस्कुल, लिभिङ वर्ड, माउन्ट ग्लोरी, मनकामना,ब्रम्हकुञ्ज र वेदव्यास स्कुल क्वाटरफाइनल प्रवेश गरेका हुन् ।

    images

    पहिलो दिन नैसमूह ‘सी’ बाट चेल्सी र समूह ‘डी’ बाट रिब्स ए टिम (रोडोडेन्ड्रन इन्टरनेसनलबोर्डिङ स्कुल) ले अन्तिम आठको यात्रा निश्चित गरेका थिए ।जोसेफले बालविकासलाई ४–३, जुगललाई ३–० र काष्ठमण्डपलाई २–० ले पराजितगर्दै समूह ‘ए’ मा शीर्षस्थान हात पारेर नकआउट चरणको यात्रा तय गरेको हो। समूह ‘बी’ को शीर्षस्थानमा रहेको लिभिङ वर्डले लिम्पियालाई २–० र इम्पेरियललाई ३–० ले परािजत ग¥यो भने साम्तेन स्कुलबाट ‘बाई’ पाएको थियो ।

    माउन्ट ग्लोरीले एकलव्यलाई ५–०, हाईली क्रिएटिभलाई २–० ले पराजित गरेपछि लर्ड्स लाइटबाट बाई पाएर समूह ‘ई’ मा पहिलो स्थान प्राप्त गरेको हो ।त्यस्तै, मनकामना २–० ले बोधीसदन, ६–१ न्याम्सलाई पराजित गरेपछि टाइमलाइन स्कुलबाट बाई पाएर समूह ‘एफ’ को शीर्षस्थानमा रहदै अन्तिम आठलाई छनोट भएको हो । ब्रम्हकुञ्जले बृहस्पति विद्यासदनलाई २–१, बालबाटिकालाई ३–० र नेपालयलाई ३–० ले पन्छाउ“दै समूह ‘जी’ मा पहिलो स्थान हात पारेको हो ।

    तीन टिम रहेको समूह ‘एच’ मा नेभरउड स्कुलमाथि बढी उमेरको खेलाडी खेलाएको उजुरी प्रमाणित भएपछि अयोग्य ठहर्दै प्रतियोगिताबाटै बाहिरियो भने त्यसपछि भएको प्रतिस्पर्धामा वेदव्यासले रिलयान्सविरुद्ध पेनाल्टी सुटकआउटमा ३–२ को जित रच्दै क्वाटरफाइनलमा स्थान बनाएको हो । क्वाटरफाइनलमा जेसेफले चेल्सीविरुद्ध खेल्ने छ भने लिभिङ वर्डले रिब्सको सामना गर्ने छ ।

    माउन्ट ग्लोरीले ब्रम्हकुञ्जविरुद्ध प्रतिस्पर्धा गर्ने छ भने मनकामना स्कुलले वेदव्यासविरुद्ध भिड्ने छ । प्रतियोगिताको समूह चरणमा २९ वटा स्कुलका ३० वटा टिमले विभिन्ना आठ समूहमा रहेर प्रतिस्पर्धा गरेका थिए ।एनएमबी बैंकको प्रायोजनमा भइरहेको तीन दिने प्रतियोगितामा क्वाटरफाइनल, सेमिफाइनल र फाइनल खेलहरू शुक्रबार सञ्चालन हुने छ । फाइनल दिउ“सो ३ बजे सुरु हुने आयोजक कपअन स्पोर्ट्स सेन्टरका प्रमुख कार्यकारी अधिकृत दामोदर(बद्री) भट्टराईले बताउनु भयो ।

    प्रकाशित मिति :श्रावण २६, २०८० शुक्रवार - ११:०७:२५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको