Logo

बुधवार, कार्तिक १२ गते २०८३

गोरखाको बल्ने ढुङ्गा क्रार्ज क्रिस्टल रहेको प्रमाणीत

गोरखाको बल्ने ढुङ्गा क्रार्ज क्रिस्टल रहेको प्रमाणीत

जोईन खबर

२६, श्रावण २०८०
  • 886
    SHARES
  • गोरखाको बल्ने ढुङ्गा क्रार्ज क्रिस्टल रहेको प्रमाणीत

    २६ साउन काठमाडौँ । गण्डकी प्रदेश गोरखामा बल्ने  ढुङ्गा क्रर्ज क्रिस्टल रहेको प्रमाणीत भएको छ । गोरखा जिल्ला प्रहरी कार्यालय गोरखाले बरामद गरेको, टलकने ढुङ्गा क्रार्ज  क्रिस्टल रहेको खानी तथा भूवर्ग विभागले प्रमाणीत गरेको छ। भूभागका भूवर्ग वितका समूहले दुई दिन लगाएर ढुङ्गाको विभिन्न पक्ष अवलोकन गरेको थियो । जिल्ला प्रशासन कार्यालयलाई नमुना परिक्षण बारे  जानाकारी गराउदै विभागकी भूवर्ग वित एक डाक्टर सुसमिता भण्डारीले बरामद भएको ढुङ्गा महत्वपूर्ण र बहुमूल्य रत्न पथर भएको बताएकी हुन।

    images

    भूवर्ग वित टोलीले ढुङ्गाको नापतौल लिनुका साथै यसको विभिन्न प्रविधिक बारे पनि परिक्षण गरेको थियो। संसार भरका धातुलाई कडापनका आधारमा दश समूहमा वार्णिकरण गर्ने गरी गरीएको बताउदै भूवग वित्त भण्डारीले कडापनका आधारमा बरामद भएको ढुङ्गा सातौँ नम्बरमा भएको जनाकारी दिनुभयो । उनले ५२ किलो ३०० सय ३० ग्राम तौलको एउटै ढुङ्गा भेटाउन मुस्किल पर्ने बताईन। प्रहरीले गोरखा नगरपालिका सात सतिपिपलबाट गएको असरको १४ गते योढुङ्गा बरामद गरेको थियो । लाखौ  रुपैयामा खरीद बिक्रिका लागि मूल्य  भइरहेको सूचनाका आधारमा प्रहरीले ढुङ्गा राखिएको ठाउँमा छापा पारेर बरामद गरेको हो ।

    images
    images
    images

    ढुङ्गा बारे एकिङन गरिदिनका लागि जिल्ला प्रशासन कार्यालयले खानी तथा भूवर्ग विभाग, लाई पत्रचार गरेको थियो । त्यही आधारमा विभागले भूवर्ग वित डा सुससमिता भण्डारी र दुर्गा बोलाखेलाई गोरखा पठाएको हो । को क्रार्ज क्रिस्टल मुख्यरूपया गहर गहन बनाउन र सजावटका सामान बनाउन प्रयोग हुने गरेको विभागको टोलीले बताएको छ। घड़ी कम्प्युटर, रेडियो, ट्रांसमिटर जस्ता विद्युतीय उपकरणहरूमा पनि केही रुपमा क्रार्ज क्रिस्टलको प्रयोग हुने गरेको भूवर्ग वित्त भण्डारीले बताएका छन्। अध्ययन टोलीले जिल्ला प्रशासन कार्यालयलाई बुझाएको पत्रमा बरामद गरीएको ढुङ्गा खानी तथा भूवर्ग विभागलाई उपलब्ध गराउन पनि भनिएको छ।

    खानी तथा खनिज पदार्थ ऐन २०४२ दफा २५ उपदफा १ अनुसार खनिज कार्य गर्ने अनुमति नलि उत्खनन तथा संकलन गरीएकाले पथर विभागलाई उपलब्ध गराई सहयोग गर्नेपत्रमा उल्लेख गरीएको छ । विभागको अनुमति नलि कसैले पनि यस्ता खनिज पदार्थ उत्खन्न संकलन गर्ने नपाइने र गरेमा एक लाख सम्म जरीवान हुने कानुनी प्रावाहदान रहेको विभाग वित भण्डारीको भनाइ छ ।

    गोरखामा रहेएको सामाजिक संस्थाहरूले यो ढुङ्गाल गोरखा दरबार परिषरमा स्थापन गर्नुपर्ने माग गर्दै आएका छन् । यस अघि गोरखामा एक स्थानीय घरबाट बर्षै देखि पूजा गर्दै आएको मणी , पथर प्रहरीले लगे पछि पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रहरी कार्यालय पुगेर अवलोकन गरेका थिए। उनले रथानिय परिवारले पुस्तौ देखि धार्मिक आस्थाका रूपमा पूज्दै आएको हुदा उनीहरूको चिता बुझाएर यसलाई सार्वजानिक अवलोकनका निम्ती गोरखा दरबार संग्रहलयमा राख्न उपयुक्त हुने स्थानिय सरकार ध्यान आकर्षण गराएका थिए।

    प्रकाशित मिति :श्रावण २६, २०८० शुक्रवार - १७:५६:०१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको