Logo

बुधवार, कार्तिक १२ गते २०८३

१५५ किलो भनिएको सुन टक्सार महाशाखाले जोख्दा ६० किलो ७८९ ग्राम पुग्यो

१५५ किलो भनिएको सुन टक्सार महाशाखाले जोख्दा ६० किलो ७८९ ग्राम पुग्यो

जोईन खबर

३०, श्रावण २०८०
  • 685
    SHARES
  • १५५ किलो भनिएको सुन टक्सार महाशाखाले जोख्दा ६० किलो ७८९ ग्राम पुग्यो

    ३० साउन काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट  तस्करी मार्फत भित्रिएको सुनको तौल ६० किलो ७८९ ग्राम रहेको पाइएको छ । भन्सार कार्यालय बाहिर बरामद गर्दा करिब एक क्विन्टल सुन रहेको भनिएको थियो ।सीआईबी काे पत्र पछि सोमबार नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा जोख्दा ६० किलो ७८९ ग्राम सुन रहेको पाइएको हो ।

    images

    टक्सार महाशाखाका अनुसार राजस्व अनुसन्धान विभागले गत साउन ३ गते सिनामंगलबाट सुन सहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । जसमा करिब एक क्विन्टल सुन रहेको अनुमान गरिएको थियो । सोमबार दिउँसोदेखि ब्रेक शुबाट सुन छुट्टयाएर जोखिएको थियो ।सीआईबी, राजस्व, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा सुन जोखिएको छ । उक्त सुन मंगलबार गालिने भएको छ । 

    images
    images
    images

     

     

    प्रकाशित मिति :श्रावण ३०, २०८० मंगलवार - १२:५६:५० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको