Logo

बुधवार, कार्तिक १२ गते २०८३

प्रहरी कर्मचारीको सरुवा सम्बन्धी मापदण्ड ‘२०७९’ लागू, दबाब र प्रभाव नचल्ने गृहमन्त्रीको दाबी

प्रहरी कर्मचारीको सरुवा सम्बन्धी मापदण्ड ‘२०७९’ लागू, दबाब र प्रभाव नचल्ने गृहमन्त्रीको दाबी

जोईन खबर

३०, श्रावण २०८०
  • 688
    SHARES
  • प्रहरी कर्मचारीको सरुवा सम्बन्धी मापदण्ड ‘२०७९’ लागू, दबाब र प्रभाव नचल्ने गृहमन्त्रीको दाबी

     ३० साउन काठमाडाैँ । नेपाल प्रहरीको सरुवा, बढुवा र पदस्थापनमा कार्यक्षमता, अनुभव र सेवा विशिष्टीकरण अनुकूलको मापदण्ड लागू भएको छ।प्रहरी कर्मचारीको सरुवा सम्बन्धी मापदण्ड २०७९’ अनुसार ठूलो सङ्ख्याका प्रहरी निरीक्षकहरूको सरुवा भएसँगै सो मापदण्ड कार्यान्वयनमा आएको हो तालिमपश्चात् पास आउट भएका नयाँ तथा पुराना गरी ९५८ जना प्रहरी निरीक्षकको कार्यालय प्रमुख एवम् सहायक दरबन्दीतर्फ सरुवा भएको छ। त्यस्तै ६४ जना प्रहरी निरीक्षकहरूको बढुवा र पदस्थापन भएको छ। 

    images

    मापदण्डमा प्रहरी निरीक्षक प्रमुख हुने कार्यालयलाई जनघनत्व, यातायातको पहुँच, आपराधिक घटनाको संख्या, भौगोलिक अवस्थिति लगायतका आधारमा ‘क’ ‘ख’ र ‘ग’ श्रेणीमा वर्गीकरण गरिएको छ। त्यसमध्ये ‘क’ र ‘ख’ श्रेणीका कार्यालयमा ज्येष्ठता एवम् कार्यसम्पादन स्तर समेतको आधारमा नदोहोरिने र आलोपालो हुने गरी कार्यालय प्रमुखको अवसर प्रदान गरिएको छ ।त्यस्तै यसअघि नै काज सरुवामा मापदण्ड प्रतिकूल हुने गरी कार्यालय प्रमुखको रूपमा गएका प्रहरी निरीक्षकलाई फिर्ता बोलाइ मापदण्डबमोजिम कार्यालय प्रमुख वा सहायक दरबन्दीमा सरुवा गरिएको छ। यसरी श्रेणी छुट्याएर मापदण्ड अनुसार सरुवा, बढुवा र पदस्थापन हुन थालेपछि कुनै पनि दबाब र प्रभावको अर्थ नहुने गृह मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

     

    प्रकाशित मिति :श्रावण ३०, २०८० मंगलवार - १५:१६:३५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको