Logo

बिहिवार, श्रावण १४ गते २०८३

नेपालका तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले मंगोलियातर्फ

नेपालका तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले मंगोलियातर्फ

जोईन खबर

३१, श्रावण २०८०
  • 715
    SHARES
  • नेपालका तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले  मंगोलियातर्फ

    ३१ साउन काठमाडाैँ । नेपालका तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले मङ्गोलियामा हुने इस्ट एसियन युथ गेम्स २०२३ मा खेल सञ्चालन गर्नुहुने भएको छ ।ओलम्पिक कोउन्सिल अफ एसिया र मङ्गोलियाको खेलकुद मन्त्रालयको संयुक्त आयोजनामा हुने सो खेलकुद मेलामा तेक्वान्दोतर्फ निर्णायकका लागि दक्षिण एसियाबाटै एक मात्र रेफ्रीको रुपमा अशोकको चयन भएको हो ।

    images

    अशोक हाल दक्षिण कोरियामा रहेको छ । दुई हप्ताअघि विश्व ¥याङकिङ जि २ प्रतियोगिता किम योङ कप तेक्वान्दो च्याम्पियनसिप निर्णायकको भूमिका निर्वाह गर्न अशोक दक्षिण कोरियाको मुजु जानु भएको थियो । अशोक दक्षिण कोरियाबाट नै मङ्गोलियाको उलानबाटर प्रस्थान गर्नु हुनेछ । प्रतियोगिता अगष्ट १६ देखि २२  तारिखसम्म हुनेछ ।

    प्रकाशित मिति :श्रावण ३१, २०८० बुधवार - ०९:४१:१७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको