Logo

बिहिवार, श्रावण १४ गते २०८३

इडेन ब्रिजलाई सफलता

इडेन ब्रिजलाई सफलता

जोईन खबर

३१, श्रावण २०८०
  • 730
    SHARES
  • इडेन ब्रिजलाई सफलता


    ३१ साउन काठमाडाैँ ।  इडेन ब्रिज एकेडेमी (इबीए) ले दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार जित हात पारेको छ ।बाफलस्थित ग्रिनफिल्ड नेसनल स्कुलको कोर्टमा भइरहेको प्रतियोगितामा इबीएले हिमरश्मीलाई २२–१७ ले पराजित ग¥यो । इबीएका आदित्य श्रेष्ठले २० स्कोर गरे ।सिनियर ब्वाइजमा जेनिथले हार्टल्यान्डलाई ५२–२१, पिपुल्स एकेडेमीले निलायमलाई २२–१०, पुष्पसदनले न्यु जेनिथलाई ३५–१८ तथा काठमाडौं भ्याली, छाउनीले ओरकल रेलाई २७–११ ले हराए ।

    images

    जेनिथका रोनिश तामाङले १५, पिपुल्सका विवेक भण्डारीले ६, पुष्पसदनका रेवन्त यादवले ९ र काठमाडौं भ्यालीका, छाउनीका दिपेश तामाङले २३ अंक जोडे ।सिनियर गल्र्समा रिब्स ‘ए’ ले काठमाडौं भ्याली, छाउनीलाई २०–७, जेसिस इन्टरनेसनलले रिब्स ‘बी’ लाई १९–६, काष्ठमण्डप विद्यालयले ग्रिनफिल्ड ‘बी’ लाई २९–९, साइ निलायमले ग्रिनफिल्ड ‘ए’ लाई २३–१५ र हिमरश्मीले इबीएलाई १५–७ ले पाखा लगाए । रिब्स ‘ए’ की नौशिका लिम्बूले ९, जेसिसकी स्मृति थापाले १०, काष्ठमण्डपकी रिया राईले ८, साइ निलायमलकी रश्मी श्रेष्ठ र दिपिशा थापाले समान ७–७ तथा हिमरश्मीकी निमा तामाङले ११ अंक  जोडे ।

    प्रकाशित मिति :श्रावण ३१, २०८० बुधवार - ०९:४७:५७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको