३१ साउन काठमाडौँ ।अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा दोश्रो दोश्रो कल्याणराज पाण्डे राष्ट्रिय जुनियर टेबलटेनिस प्रतियोगिता भदौ २७ गतेदेखि हुने भएको छ ।प्रतियोगितामा ४ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष चतुरानन्दराज वैद्यले जनाएका छन् । यु–१९ उमेरसमूहअन्तर्गत जुनियर र क्याडेटतर्फ ब्वाइज÷गल्र्स सिंगल्समा खेल हुनेछ ।
शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र ३÷३ हजार नगद पुरस्कार पाउने प्रतियोगिता संयोजक धर्ममान वज्राचार्यले जानकारी गराए । कल्याणराज पाण्डे ट्रष्टको प्रायोजनामा हुने चारदिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।