बुधबार सुनचाँदीको भाउ घटेर तोलामा १०० रुपैयाँले सस्तिएको छ । नेपाल सनुचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ११ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।मंगलबार भने सुनको भाउ स्थिर रहेको थियो ।
हिजो सुन प्रतितोला एक लाख ११ हजार ३०० रुपैयाँ कायम रहेको थियो ।यसैगरी, चाँदीको मूल्य पनि बुधबार गिरावट भएको छ । यस दिन चाँदी प्रतितोला पाँच रुपैयाँले घट्दा एक हजार ३७५ रुपैयाँमा खरिदबिक्री हुँदैछ ।