Logo

मंगलवार, श्रावण १२ गते २०८३

आजबाट ओम मेगाश्री फर्मास्युटिकल्स आइपीओ खुला

आजबाट ओम मेगाश्री फर्मास्युटिकल्स आइपीओ खुला

जोईन खबर

२७, फाल्गुण २०८१
  • 937
    SHARES
  • आजबाट ओम मेगाश्री फर्मास्युटिकल्स आइपीओ खुला

    २७ फागुन काठमाडौँ । आजबाट ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओ   बिक्रीको लागि खुला भएको छ ।कम्पनीले सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो । ओम मेगाश्रीको जारी पुँजी ६० करोड रुपैयाँ रहेको छ ।

    images

    जसको ३० प्रतिशतले हुने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता साधारण सेयरमध्ये पहिलो चरणमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि १ लाख ८० हजार कित्ता आइपीओ बाँडफाँट गरिसकेको छ ।

    त्यस्तै, ५४ हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारी र ९० हजार कित्ता सेयर सामुहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहेको १४ लाख ७६ हजार कित्ता आइपीओ सर्वसाधारणलाई बिक्री खुला गरेको हो ।

    प्रकाशित मिति :फाल्गुण २७, २०८१ मंगलवार - ११:४४:०७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको