३१ साउन काठमाडाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद भएको सुन प्रकरणमा थप ४ जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिए।पक्राउ पर्नेमा टियान मी, वेन टोंग, डिंग सेग्फा र ली नेंगकिया छन्।
यस प्रकरणमा पक्राउ पर्नेको संख्या २१ पुगेको छ। गत साउन २ गते विमानस्थलको भन्सार कार्यालयबाट छुटेको ब्रेक शुभित्र रहेको सुन सिंनामंगलबाट बरामद भएको थियो। उक्त सुन लामो समयसम्म टक्सार महाशाखामा राखिएको थियो।मङ्गलवार सुन गालेर जोख्दा ६० किलो ७ सय १६ ग्राम भएको थियो।