Logo

बुधवार, कार्तिक १२ गते २०८३

धार्चे गाउँपालिकाकाे खानीगाउँका ३२ घर पहिराको जोखिममा

धार्चे गाउँपालिकाकाे खानीगाउँका ३२ घर पहिराको जोखिममा

जोईन खबर

३२, श्रावण २०८०
  • 721
    SHARES
  • धार्चे गाउँपालिकाकाे  खानीगाउँका ३२ घर पहिराको  जोखिममा

    ३२ साउन काठमाडाैँ ।  गोरखाकाे धार्चे गाउँपालिकामा खानीगाउँका ३२ घर पहिराको  जोखिममा परेको हाे  । पहिराका कारण बस्ती भएको जमिन  तलकाेभाग खस्दै गएकाे र  घरहरु जोखिममा परेको गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिनुभयो । गोरखा भुकम्पले खानीगाउँको जमिनमा चिरा पर्न थालेको थियोे । उपाध्यक्ष गुरुङले भन्नुभयो, ‘केहीदिन अघि परेको निरन्तरको बर्षाले अहिले बस्ती झनै जोखिमपूर्ण बनेको छ ।बर्षाले जमिन भासिँदै गएपछि अधिकांस घरको भित्रि भाग चिरा परेको छ । घरको जग समेत तलतल सर्दै गएको छ, उहाँले भन्नुभयो,‘ घर भित्र एक बित्तासम्म लामो चिरा परेपछि बस्नका लागि समेत डरमर्दो अबस्था बनेको छ ।

    images

    पहिराका जोखिम बढेपछि पिडित परिवारहरु घरमा बस्न सक्ने अबस्था समेत नरहेको उहाँले बताउनुभयो । जुन घर भित्र पसेपनि अत्यास लाग्ने अबस्था छ, उपाध्यक्ष गुरुङले भन्नुभयो, ‘रातबस्नका लागि छिमेकीको घरमा गएर बास माग्नुपर्ने बाध्यता यहाँको बासिन्दाको रहेको छ । पहिराको त्रासले स्थानीयबासीहरु साँझपख छिटोछिटो घरमा खाना खाएर ओड्ने ओछ्याउने बोकेर छिमेकी र आफन्तकोमा सुरक्षित बास बस्न जानुपर्ने पहिरोले खानीगाउँका ३२ घरघुरीका १ सय ५ जना प्रभावित भएको उपाध्यक्ष गुरुङको भनाई छ ।

    images
    images
    images

    त्यसबाहेक केही परिवार विद्यालयमा नै बास बस्न समेत जाने गरेको उपाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।‘समस्या परेका परिवारहरु मध्ये ३ परिवार बृद्धा एकल महिला पनि रहनुभएको छ, उहाँले भन्नुभयो, ‘उहाँहरुलाई त समस्या परिहाल्यो भने भाग्न सक्ने अबस्थाको पनि हुनुहुन्न, पहिरोको पीरले अत्यासमा दिन कटाई रहनु भएको छ ।

     

     

    प्रकाशित मिति :श्रावण ३२, २०८० बिहिवार - १७:०३:०० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको