३२ साउन काठमाडाैँ । नेपालले अहिले भारतसँग चामल र चिनी माग गरेको छ । कृषि मन्त्रालयकी प्रवक्ता शबनम शिवकोटी अर्यालले बुधबार नेपालले भारतीय संचारमाध्यमसँग कुरा गर्दै भारतलाई गाेलभेंडा पठाउन तयार रहेको बताइन् । यसैगरी, उनले भारतबाट चामल र चिनी र चामल ल्याउने तयारी भइरहेकाे पनि जानकारी दिइन् । यसै विषयमा नेपाल सरकारले भारत सरकारलाई पत्र लेखेको शिवकोटीले बताए । शिवकोटीले आगामी चाडपर्वलाई ध्यानमा राखेर यस्तो कदम चालेको बताइन् ।
भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली बजारमा आपूर्ति प्रभावित हुन सक्नेछ । सरकारले धान, चामल र चिनी खरिदका लागि भारत सरकारलाई पत्राचार गरेको हो । सरकारले एक लाख टन चामल, ५० हजार टन चिनी र ५ हजार टन धान नेपालमा आपूर्ति गरिदिन भारतलाई पत्राचार गरेको हाे । परराष्ट्र मन्त्रालयमार्फत भारतीय दूतावासलाई लेखेको पत्र मंगलबार पुगेको तर त्यसबारे औपचारिक जवाफ आइसकेको छैन।
वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीले गत साता परराष्ट्र मन्त्रालयमार्फत भारतीय अधिकारीलाई नेपाललाई १ लाख टन चामल र ५० हजार टन चिनी उपलब्ध गराउन आग्रह गरिएको जानकारी दिएका छन् । तिवारीले अहिले नेपाली बजारमा चामल र चिनीको अभाव नभएको तर अन्तर्राष्ट्रिय बजारमा गैर-बासमती सेतो चामल निकासीमा प्रतिबन्ध लगाउने भारतको निर्णयपछि व्यापारीले अभावको हल्ला फैलाउन थालेको बताए ।