Logo

बुधवार, कार्तिक १२ गते २०८३

गोरखामा भारी बर्षा हुदा दुई घर पहिरोको जोखिममा

गोरखामा भारी बर्षा हुदा दुई घर पहिरोको जोखिममा

जोईन खबर

१, भाद्र २०८०
  • 997
    SHARES
  • गोरखामा भारी बर्षा हुदा  दुई घर पहिरोको जोखिममा

    १ भदौ काठकाडौँ । गोरखाको  उत्तरी चुमनुब्री गाउँपालिकाको जगतमा दुई घर पहिरोको जोखिममा परेको हुन्।गएकाे हप्ता परेकाे बर्षाले चुमनुब्री  वडा न ३  जगतको टैचेत भन्ने ठाँउमा दुई घर पहिरोको जोखिममा परेको गाउँपालिकाको  प्रहरी चौकीका प्रमुख प्रहरी साहायक निरीक्षक छविलाल अक्षामीले जानकारी दिनुभयो ।

    images

     भारी बर्षाका कारण घर भन्दा तल रहेकाे बाटाे भाँसिएर बाटाे नजिक चएकाे  दुवै घर पहिरोको जोखिममा परेको प्रहरी प्रमुख  अक्षामीलेको भनाई छ । तेही पालिकाकाे  स्थानीबासी पूर्णबहादुर गुरुङ र दिलमाया गुरुङको घर पहिरोमा जोखिममा परेको छ ।  अब फेरी पनि  तेस्तै पानी एक चाेटी  प¥यो भने दुवै घर परिवार विस्थापित हुनुपर्ने अबस्था देखिएकाे प्रहरी प्रमुख अक्षामीले बताउनु भयाे ।

    images
    images
    images

     जोखिममा परेका घरको स्थानीय जनप्रतिनिधि र प्रहरीको टोली पुगेर अवलोकन समेत गरिसकेको उहाँले बताउनुभयो । ‘जोखिममा परेका घरका बारेमा जानकारी सम्बन्धित निकायलाई गराई सकिएको छ, प्रहरी साहायक निरीक्षक अक्षामीले भन्नुभयो, ‘थप क्षति हुन नदिन आवश्यक पहल भइरहेको छ ।

     

    प्रकाशित मिति :भाद्र १, २०८० शुक्रवार - १४:५५:२८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको