Logo

बुधवार, कार्तिक १२ गते २०८३

कबड्डी टोली विशेष प्रशिक्षणका लागि भारत जाँदै

कबड्डी टोली विशेष प्रशिक्षणका लागि भारत जाँदै

जोईन खबर

३, भाद्र २०८०
  • 628
    SHARES
  • कबड्डी टोली विशेष प्रशिक्षणका लागि भारत जाँदै

    ३ भदौ काठमाडौँ । चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको विशेष प्रशिक्षणका लागि महिला कबड्डी टोली शनिबार भारत जाने भएको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आयोजित एक कार्यक्रमबीच बिदाइ  गरे ।खेलाडीमा मेनुकाकुमारी राजवंशी (कप्तान), मानमति विष्ट, अनुजा कुलुङ राई, नितु गुरुङ, रविना चौधरी, सुनिता थापा, सिर्जनाकुमारी थारु, जयन्ती बडु, अर्पणा चौधरी, गंगा चौधरी, इशा राई र कलावती पन्त रहेका छन् ।प्रशिक्षकमा पार्वती राई र विष्णु दत्त भट्ट तथा व्यवस्थापकमा कृष्णदेव पन्त रहेका छन् ।

    images

    टोली भारतको हरियानास्थित गुरुकुल एकेडेमीमा ३० दिनसम्म प्रशिक्षणमा रहने अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जनाएका छन् । त्यस अवधिमा टोलीले ७ म्याच पनि खेल्ने र दिल्लीको साइ सेन्टरमा केहि दिनका लागि प्रशिक्षणको व्यवस्था मिलाउन प्रयास भइरहेको महासचिव झाले जानकारी गराए ।

    images
    images
    images

    प्रकाशित मिति :भाद्र ३, २०८० आइतवार - १०:५०:२७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको