Logo

बुधवार, कार्तिक १२ गते २०८३

सदस्य–सचिव टंकलाल घिसिङ नेपाल राष्ट्रिय मुवाँथाई संघको साधारण सभाको उद्घाटन गर्दै

सदस्य–सचिव टंकलाल घिसिङ नेपाल राष्ट्रिय मुवाँथाई संघको साधारण सभाको उद्घाटन गर्दै

जोईन खबर

३, भाद्र २०८०
  • 724
    SHARES
  • सदस्य–सचिव टंकलाल घिसिङ नेपाल राष्ट्रिय मुवाँथाई संघको साधारण सभाको उद्घाटन गर्दै

    ३ भदौ काठमाडौँ । नेपाल राष्ट्रिय मुवाँथाई संघको प्रथम अधिवेशनले गणेशलाल कक्षपतिको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति शुक्रबार निर्विरोध चयन गरेको छ ।वरिष्ठ उपाध्यक्षमा उमेशकुमार खड्का, प्रथम उपाध्यक्षमा निलम अधिकारी, महासचिवमा मनराज श्रेष्ठ, सचिवमा उत्तम गुरुङ र कोषाध्यक्षमा वीरेन्द्र ओली रहेका छन् ।

    images

    सन्तोष घलान, धनकृष्ण श्रेष्ठ, मनीष लिवी, साजन माली, तुलसी थापा मगर, विकास खड्का, जितु शाही, रमा राई, कविकृष्ण मधुकर्मी र देवराज श्रेष्ठ सदस्यमा चयन भए ।शुक्रबारै बसेको संघको बैठकले दीपक गोदार, राजेश महर्जन, अतित भण्डारी, भुपेश शाक्य र राजु राईलाई उपाध्यक्ष तथा विजी ठकुरी, खगेन्द्र क्षेत्री र दीपक तामाङलाई सचिवमा मनोनित गरेको छ । विजय गुरुङ, विगेन दराईं, अनिल श्रेष्ठ र दिलबहादुर ठोकर सदस्यमा मनोनित भए । साधारणसभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे ।

    images
    images
    images

    प्रकाशित मिति :भाद्र ३, २०८० आइतवार - १०:५७:२७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको