Logo

बुधवार, कार्तिक १२ गते २०८३

गोरखाको धार्चे गाउँपालिका गुम्दामा आलु मेला सुरु

गोरखाको धार्चे गाउँपालिका गुम्दामा आलु मेला सुरु

जोईन खबर

३, भाद्र २०८०
  • 694
    SHARES
  • गोरखाको धार्चे गाउँपालिका गुम्दामा आलु मेला सुरु

    ३ भदौ काठमाडौँ । गोरखाको उत्तरी धार्चे गाउँपालिका वडा न ५ गुम्दामा हिजो देखि आलु मेला सुरु भएको हो। त्यस गाउँको गुम्दामा रहेको एकता युवा क्लवको आयोजनामा शनिबारदेखि मेला सुरु भएको हो ।

    images

    धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले यो कार्यक्रम मेला उद्घाटन गरेका हुन्।उत्पादित आलुको बजार व्यवस्थापनसँगै पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले केही वर्षदेखि मेला आयोजना गर्दै आएको क्लबका उपाध्यक्ष मितिराज गुरुङले बताए । यो समय आलु उत्पादन हुने बेला हो, फेरि भेडीगोठ गएकाहरु पनि अहिले गाउँ झरेका हुन्छन्,’ उनले भने, ‘सबै जमघट भएर रमाइलो गर्ने र उत्पादित आलु बिक्री गर्न पनि सहज हुने भनेर मेला गर्दै आएका छौ ।

    images
    images
    images

    यस मेला भदौ ५ गतेसम्म चल्ने मेलामा चल्ने र आलुका विभिन्न परिकारहरु बेच्न गरेको उनले बताए । मेलामा पुरुष र महिला भलिबल, लोक नृत्य प्रतियोगिता, मूर्ति नाँच, सटपुट, तीर हान्ने, हाँडी फुटाईलगायतका प्रतियोगिता राखिएको छ । विजेताहरुलाई नगदसहित आलु पुरस्कार दिइने आयोजकको भनाइ छ ।आलु र हस्तकला प्रदर्शनीमा राख्ने पाँच उत्कृष्ट किसानलाई नगद सहित सम्मान समेत गरिने गुरुङले जानकारी दिए ।

                                                                                                                                                                                                                                                     ‍याउने 

    प्रकाशित मिति :भाद्र ३, २०८० आइतवार - १५:२३:५७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको