५ भदौ काठमाडौँ । द एक्सेल्सियर स्कुल र ज्ञान निकेतन दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।एक्सेल्सियरले कान्तिपुरलाई ३१–१३ ले पराजित ग¥यो । एक्सेल्सियरको जितमा राजीव थापाले ९ अंक योगदान गरे ।
आयुश रावलको २० अंक सहयोगमा ज्ञान निकेतनले रेडिअन्ट पब्लिकलाई ५०–४१ ले हरायो ।जुनियर ब्वाइजमा एन्जल्स हार्टले स्वप्न वाटिकालाई ३०–१४, रेडिअन्टले श्रीजना ज्ञान सागरलाई २२–१६, आयोजक ग्रिनफिल्ड ‘ए’ ले हिमरश्मीलाई ३२–२१, ज्ञान निकेतनले श्री नवीन ज्योतिलाई २९–१२, किङडम हिमालयले महामञ्जुश्रीलाई १३–११ र इडेन ब्रिज एकेडेमी (इबीए) ले साइ निलायमलाई २४–८ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
सिनियर गल्र्समा महामञ्जुश्रीले हिमरश्मीलाई १८–१७, भ्याली पब्लिकले पिपुल्स एकेडेमीलाई ३८–१८ र साइ निलायमले इबीएलाई २२–१२ ले पन्छ्याउदै क्वाटरफाइनलमा स्थान बनाएका थिए ।