५ भदाै काठमाडाैँ । सुनचाँदीको भाउ मंगलबार बढेर तोलामा २०० रुपैयाँले महंगिएको हाे । चाँदी पनि यस दिन प्रतितोला २५ रुपैयाँले वृद्धि भएको छ ।
छापावाल सुन प्रतितोला एक लाख १० हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।अघिल्लो कारोबार दिन, चाँदीको मूल्य स्थिर रहेको थियो । हिजो सुन प्रतितोला एक हजार ३९० रुपैयाँमा खरिदबिक्री भएको थियो ।